पौष १७ , सल्यान ।
नेकपा एमाले सल्यानका अध्यक्ष गोबिन्द कुमार पुनले आउदो निर्वाचनमा माओवादी र नेकपा समाजवादी शून्य हुने बताएका छन् । उनले फुटको खेति गर्नेहरु कहिले पनि सफल नहुने भन्दै नेकपा समाजवादी सल्यानले आउदो निर्वाचनमा कतै जित हुन्छकी भनि सपना समेत देख्ना नहुने बताएका छन् । बनगाड कुपिन्डे नगरपालिकाका नगर प्रमुख समेत रहेका पुनले आफनो नगर पालिकामा त झन माओवादी र नेकपा समजवादी ले वडा सदस्य समेत जित्ना मुस्किल पर्ने बताएका छन् । शनिबार सल्यानमा नेकपा (एमाले) निकट पेशागत महासंघ सल्यानको ५ औं जिल्ला अधिबेशन उद्घाटनमा बोल्दै नेता पुनले नेपालको राजनितीमा ठुला पार्टीहरु पनि फुटेको सम्झदै फुटका पार्टीहरु पुन संस्थापन पक्षमा नै पर्किएको बताए । पहिले पनि नेपाली काँग्रेस, नेकपा माओबादी र एमाले पनि फुटको र छुट्टिएर गएका साथिहरु पुनं मिलेका छन् उनले भने । उनले फुटेर जानेहरुका अस्तित्व समाप्त हुने र कहिले पनि नेतृत्व तहमा नपुगेको उदाहरणहरु देखिएकोले सल्यानमा नेकपा समाजवादी र प्रकाश ज्वालाका पनि राजनिति समाप्त हुने बताए ।
