चर्चित गायिका माण्डवि त्रिपाठीको आवाजमा पुनम जी मगरको र्निदेशनमा रहेको आधुनिक गीत नसोध मेरो खबरको म्युजिक भिडियो सहित सार्वजनिक भएकोछ । मधुरिपुको उत्कृष्ट शब्द र अंकित न्यौपानेको मिठो लय सृजन रहेको गीतमा माण्डवि त्रिपाठीको कर्णप्रिय आवाज रहेको छ ।

केहि दिन अगाडि मात्रै म्युजिक भिडियो सहित बजारमा आएको गीतको छायांकन र म्युजिक भिडियोको कथा निर्देशन निकै उत्केष्ट रहेकोे छ । पुनम जी मगरको उत्कृष्ट कथा निर्देशन रहेको गीतकोे म्युजिक भिडियोमा दुई प्रेमिल जोडिको अत्यान्तै उत्कृष्ट प्रेम कथा सहितको अभिनय देख्न सकिन्छ ।

पुनम जी मगरको र्निदेशनमा रहेको गीतको म्युजिक भिडियोमा दिपाल बस्नेत ,प्रज्ञा क्षेत्री ,वर्षा गोहीको अभिनय रहेको छ ।गीत दिपल बस्नेत च्यानल मार्फत बजारमा सार्वजनिक भएको छ ।

 

हेर्नुस भिडियो