मंसिर ७, सल्यान ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सल्यानमा दुइवटा टिम बनेर लडेको चुनावमा पदाधिकारीमा एउटा टिमबाट ४ जना र एउटाबाट ३ जना विजय भएका छन् ।
सभापतिमा केश बहादुर विष्ट सहित उनको टिमबाट एकजना उपसभापति सन्तोष केसी र सचिव एकराज बुढाथोकी विजय बनेका छन् ।
त्यस्तै अर्का सभापतिका उमेद्वार धुर्वराज पुरी भने ५ मतले पराजय बनेका छन् । तर उनको टिमबाट उपसभापति चक्र बहादुर देवकोटा, सचिव प्रकाश भण्डारी, सहसचिव जनकराज गौतम र पदम बहादुर बुढाथोकीले जितेका छन् ।
सपभापतिमा जितेका विष्टले ६१२ मत ल्याएका भने पराजित बनेका पुरीले ६०७ मत ल्याए । त्यस्तै उपसभापतिमा सन्तोष केसीले ६२८ र चक्र बहादुर देवकोटाले ५९६ मत ल्याएर विजयी बने भने डिल्लि बहादुर बुढाथोकीले ५६३ र गोपाल बुढाथोकीले ५०७ मत ल्याएर पराजित बने ।
सचिवमा प्रकाश भण्डारीले ७०३ र एक राज बुढाथोकीले ५५९ मत ल्याएर विजयी बने भने दिल्ली प्रसाद जैसीले ५३१ र लोक राज आचार्यले ४९७ मत ल्याएर पराजित बने । सह(सचिबमा जनक राज गौतमले ६३४ र पदम बहादुर बुढाथोकीले ५७५ मत ल्याएर विजयी बने भने बुद्धि प्रकाश हमालले ५६४ र खिम बहादुर रावतले ५६९ मत ल्याएर पराजित बने ।
दुइ टिम बनेर चुनाव लडेको सल्यानमा धुर्वराज पुरीलाइ पुर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मी र जिल्ला सभापति गणेश चन्दले साथ दिएका थिए । विष्टको टिमलाइ भने नेता राजेन्द्र बहादुर शाहको साथ थियो ।
विजय बनेका विष्ट र पराजित बनेका पुरी दुवै शेर बहादुर देउवा निकटका नेता हुन । पुरीलाइ भने जिल्लामा रामचन्द्र पौडेल पक्ष समुहको साथ थियो ।
अहिले अन्य जिल्ला कार्यसमिति सदस्य र संघिय महाधिवेशन प्रतिनिधिहरुको मत गणना भैरहेको निर्वाचन समितिले जनाएको छ ।
