सल्यान, १० कार्तिक ।
सल्यानका दश वटा स्थानीय तहहरुमध्ये नौ वटा स्थानिय तहहरुमा नेकपा एमालेले अधिवेशन सफलताका साथ सम्पन्न गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वाहेक सबै दुई वटा नगरपालिका र सात वटा गाउँपालिकामा आज अधिवेशन सम्पन्न भएको छ । एमालेको विधान अनुसार गाउँपालिका तथा नगरपालिकामा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव, २ जना उपसचिव र अन्य सदस्य रहेको अधिकतम ७५ सदस्यीय कमिटी चयन भएका छन् । पार्टीको विधान, नियमावली र जारी भएको मार्गदर्शनको अधिनमा रही सल्यानका ९ वटा स्थानिय तहमा हर्ष उल्लासका साथ अधिवेशन सफल भएको नेकपा एमाले सल्यानका अध्यक्ष गोबिन्द कुमार पुनले जानकारी दिएका छन् । बाँकी रहेको बनगाड कुपिण्डे नगरपालिकामा भने केहि प्राबिधिक कारणले ढिलो भएको र यहि असोज १३ नै नगर अधिवेश हुने नेकपा एमाले सल्यानका अध्यक्ष गोबिन्द कुमार पुनले जान्कारी गराएका छन् । अधिवेशन सफल बनाउनाका लागि जिल्लामा नेकपा एमालेका केन्द्रिय सदस्य गुलाब जङ्ग शाह, प्रदेश कमिटी सदस्य लोक बहादुर डाँगी, मनोज प्रधान, भिम बहादुर सेन, दान बहादुर केसी,गनेशमान सिंह, दिपेन्द्र प्रकाश डिसी, जनक बि.क लगायतका नेताहरुको सक्रिय रुपमा लागेका थिए ।
कुन पालिकामा को बने अध्यक्ष, उपाध्यक्ष, सचिव, र उपसचिव ?
१, शारदा नगरपालिका
नगरपालिका अध्यक्ष – मधु सुदन शर्मा
उपाध्यक्ष – राम बहादुर भण्डारी
सचिव – महेश देवकाटा
उपसचिव – सुरेन्द्र बुढा र प्रलाप श्रेष्ठ
७५ सदस्यीय नगर पालिका कमिटी गठन गरीएको छ ।
२, बागचौर नगरपालिका
नगरपालिका अध्यक्ष – घनश्याम शर्मा
उपाध्यक्ष – उपेन्द्र वली
सचिव – मोहन चन्द
उपसचिव – भुम प्रकाश भण्डारी र शोभाराम बस्नेत
७५ सदस्यीय नगर पालिका कमिटी गठन गरीएको छ ।
३, कपुरकोट गाउँपालिका
गाउँपालिका अध्यक्ष – द्रोण के.सी
उपाध्यक्ष – ललिता गिरी
सचिव – रुपक बुढा
उपसचिव – ईश्वर बुढा र रुपलाल बुढाथोकी
६१ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ ।
४, शिद्ध गाउँपालिका
गाउँ पालिका अध्यक्ष – पुष्पा कुमारी बोहोरा
उपाध्यक्ष – गोबिन्द रेउले
सचिव – लिल बहादुर रोका
उपसचिव – गिर्दल रावत र बिरेन्द्र बोहोरा
६९ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ ।
५, दार्मा गाउँपालिका
गाउँ पालिका अध्यक्ष – बल बहादुर वली
उपाध्यक्ष – गाणेश बुढाथोकी
सचिव – दिपक रोकाय
उपसचिव – भावना वली र दिपक परियार
६५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ ।
६, छत्रेश्वरी गाउँपालिका
गाउँ पालिका अध्यक्ष – ज्ञान बहादुर खड्का
उपाध्यक्ष – डुम बहादुर खत्री
सचिव – देवराज घती
उपसचिव – बसन्त वली
एक जना उपसचिव पछि थप्ने गरी ६७ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ ।
७, त्रिवेणी गाउँपालिका
गाउँ पालिका अध्यक्ष – लोकेन्द्र खड्का
उपाध्यक्ष – शोभाराम डाँगी
सचिव – धनराज तुफान
उपसचिव – कुन्ता योगी र मंगल रेउले
६१ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ ।
८, कालिमाटी गाउँपालिका
गाउँ पालिका अध्यक्ष – केशर सिंह बुढा मगर
उपाध्यक्ष – बिर बहादुर वली
सचिव – बेल बहादुर चन्द
उपसचिव – सुमित्रा राणा र मिलन वली
७३ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ ।
९, कुमाख गाउँपालिका
गाउँ पालिका अध्यक्ष –भैरव ब शाह
उपाध्यक्ष –पम्फा खत्री
सचिव –तारा ब याेगी
उपसचिव –तेजविर कामी र सुरेश चन्द
६५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ ।




