काठमाडौँ, कात्तिक ५ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको साझा भविष्यको अवधारणाको नेपालले स्वागत गरेको बताउनुभएको छ ।
हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र जनवादी गणतन्त्र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकलाई मङ्गलबार भर्चुअल रूपमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले बीआरआईको माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्न दुई राष्ट्रबीच मानवीयता लक्षित बृहत् सहकार्य गर्दै साझा समुदायको भविष्यका लागि राष्ट्रपति सीले ल्याउनु भएको अवधारणाको उच्च सराहना गर्नुभयो । यस मञ्चले बीआरआई सहकार्यका लागि थप प्रवद्र्धन गर्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टीको अध्यक्षको हैसियतमा आफ्ना धारणा व्यक्त गर्नुहुँदै ओलीले नेकपाले आपसी सम्मान, विश्वास र सहकार्यका आधारमा चिनियाँ कम्युनिस्ट पार्टीसँगको मैत्रीपूर्ण सम्बन्धलाई स्वीकार गरेको उल्लेख गर्नुभयो । दुवै देशका राजनीतिक दलले समाजवादमार्फत आफ्ना जनतालाई लाभ पु¥याउन विकास मोडेल र कामलाई अङ्गिकार गरेको प्रधानमन्त्री ओलीले प्रस्ट पार्नुभयो ।
“नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको महìवाकाङ्क्षा पूरा गर्न पूरा शक्ति लगाइरहेको छ,” उहाँले सम्बोधनका क्रममा भन्नुभयो । जनताको भावनाअनुरूप कम्युनिस्ट पार्टीको एकीकरणसँग नेपालको दलीय संरचनामा परिवर्तन आएको बताउँदै उहाँले देशमा रहेको दशकौँदेखिको राजनीतिक अस्थिरता र अनिश्चितताको अन्त्य गरेको छ भन्नुुभयो । नेपालले सधैँ चीनसँगको सम्बन्धलाई उच्च महìव दिएको औँल्याउँदै उहाँले गहिरो मैत्रीपूर्ण सम्बन्ध ६५ वर्षदेखि विकसित हुँदै आएको बताउनुभयो ।
पञ्चशीलको सिद्धान्तसँगै शान्ति र सहअस्तित्व, आपसी विश्वास, समझदारी र सहकार्यबाट निर्देशित सम्बन्ध रहेकाले पनि दुवै देशका धेरै पुस्ताको राज्यप्रमुखबाट साटासाट हुँदै आएको धारणा उहाँले व्यक्त गर्नुभयो । नेपालले सदैव एक चीन नीतिप्रति औपचारिक रूपमै प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले चीनले पनि नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताप्रति सधैँ सम्मान व्यक्त गरेको स्पष्ट पार्नुभयो । अरूको आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अपनाउने आफ्नो व्यवहार र सिद्धान्तकै कारण दुई देशको सम्बन्ध र मित्रता एक विश्वसनीय साझेदारका रूपमा रहेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।
चिनियाँ सहयोगको सराहना
यसैगरी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनले अगाडि सारेको बेल्ट एन्ड रोड को–अपरेसन ९बीआरआई० परियोजनाले नेपाललाई विश्वसँग जोड्ने महìवपूर्ण अवसर रहेको बताउनुभयो । उहाँले चीनले अघि सारेको बीआरआई परियोजना दक्षिण एसियासँगै नेपालका लागि निकै महìवपूर्ण रहेकाले त्यसबाट नेपालले फाइदा लिने बताउनुभयो ।
उहाँले बीआरआई परियोजनाले नेपालको आर्थिक र सामाजिक क्षेत्रको विकासमा योगदान पु¥याउनेमा आफू विश्वस्त रहेको बत९ाउनुभयो । नेपाल सधँै एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै उहाँले नेपालको भूमिबाट चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङले गर्नुभएको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाएको बताउनुभयो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा ‘बेल्ट एन्ड रोड’ परियोजनाअन्तर्गतका आयोजना कार्यान्वयन गर्नुपर्ने बेला भएको बताउनुभयो । “चीनको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला हस्ताक्षर भएर आदानप्रदान भएका बीसवटै सहमति र सम्झौताको आर्थिक, रणनीतिक एवं कूटनीतिक महìव छ, त्यसमध्ये पनि नेपाल र चीनलाई रेल सेवाबाट जोड्नका लागि सम्भाव्यता अध्ययन गर्न दुई देशबीच भएको समझदारी विशेष महìवको छ,” उहाँले भन्नुभयो ।
सोही कार्यक्रममा जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपालको चौतर्फी विकासका लागि चीनले देखाएकोे चासोको प्रशंसा
गर्नुभयो । चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका राजनीतिक दलबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले जसपा नेपालले पनि सहकार्य र सम्बन्धलाई अझ बलियो बनाएर अगाडि बढ्न चाहेको बताउनुभयो । नेपाली काँग्रेसका नेता डा। प्रकाशशरण महतले चीनको बीआरआई परियोजनाबारे नेपालले थप गृहकार्य गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
गोरखापत्र अनलाइन बाट
