सल्यान,४ कार्तिक
सल्यानको कुमाख गाँउपालिका र दार्मा गाँउपालिकाको सिमानामा पर्ने मौलहाल्ने बजारमा बिजुलि पुगेपछि स्थानिय व्यापारीहरु खुसि भएका छन् । वर्षौ देखिको बिजुली बल्ने सपना अब पुरा भएको उनिहरुले बताएका छन् । दार्मा गाउँपालिका वडा न.४ र कुमाख गाउँपालिका वडा न. ६ को सिमानामा पर्ने मौलोहाल्ने बजारमा पहिलोपटक बिजुली बलेको छ । आज दुबै गाउँपालिकाका अध्यक्षबाट सयुक्त रुपमा बिजुली बत्तिको उदघाटन गरेपछि बिजुली बलेको हो । बिजुली उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति दार्मा गाँउपालिका अध्यक्ष निम बहादुर के.सि अरुणले “दार्मा उज्यालो अभियान” दार्मा गाँउपालिका अभियान नै रहेको बताएका छन् । उनले अब बिजुलीको लाईन जोडेको सबै ठाँउमा बिस्तारै विद्युत बिस्तार गर्दै जाने बताएका छन् । तेस्तै कुमाख गाँउपालिका अध्यक्ष दिलमाया बुढामगरले विद्युतको विस्तारसँगै रोजगार सिर्जनाको ढोका खुलेको बताएकी छन् । उनले विद्युतले नवीन प्रविधि प्रवेश संगै नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउने विश्वास गरिएको समेत बताएकी छन् । मौलोहाल्ने बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बोहरा अध्यक्षता भएकोे उद्घाटन कार्यक्रममा कुमाख गाँउपालिका उपाध्यक्ष डिल्लीराज जैसि, दार्मा गाँउपालिका उपाध्यक्ष टिका शर्मा, दार्मा गाँउपालिका नि.प्रमुख प्रशासकी अधिकृत अमृत खड्का नेकपा दार्मा गाँउपालिका अध्यक्ष असबिर बुढाथोकी, दार्मा गाँउपालिका वडा न.४ का अध्यक्ष चन्द्र बहादुर रावत, वडा न.३ का अध्यक्ष सेतिराम रोकाय, कुमाख गाँउपालिका वडा न. ६ का अध्यक्ष बिरबल शर्मा लगायत स्थानिय बुद्धिजिबि व्यपारी र स्थानिय बासिहरुको उपस्थिति रहेको थियो ।
