असोज २२ गते

नेपाली कांग्रेसको कपुरकोट गा.पा वडा न. ३ मा पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेपालि काँग्रेसको वडा अधिबेशन बाट निर्वाचित वडा कमिटीलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गराईएको छ ।

Open photo

त्यस्तै सोहि अवसरमा नेपाली कांग्रेस प्रती आस्थावान ५० बर्ष माथिका ८० जना नागरिकलाई सम्मान गरिएको छ । सम्मान कार्यक्रममा सहभागि पुरुषलाई ढाका टोपी र महिलालाई दोसल्ला ओढाएर गापा सभापति यगराज वलि लगाएतका नेताहरूले प्रमाणपत्र दिदै सम्मान गरेका थिए ।

No description available.

पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रमको प्रमुख अतिथि समेत रहेका वलिले आफू गापा सभापति हुँदै गर्दा समग्र कांग्रेस पार्टीलाई एक ढिक्का बनाएर थप सशक्त र सुदृढ ढंगले अगाडि बढ्ने उद्देश्यका साथ पार्टीमा योगदान दिनुहुने क्रियासिल ब्यक्तित्वहरुको योगदानको कदर गर्दै सम्मान गरेको बताए । यस्तै पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम संगै सम्मान कार्यक्रम अन्य वडाहरुमा पनि क्रमश गर्दै जाने गापा सभापति वलिले बताएका छन् ।

No description available.
वडा नं. ३ सभापति प्रदीप खड्काको सभाअध्यक्षतामा सुरु भएको कार्यक्रममा बिशिस्ट अतिथि पुर्व क्षेत्रीय सभापति दुर्गा गिरि, अतिथिहरुमा गापा सचीव यम थापा, ५ नम्बर वडाका वडा सभापति यज्ञ बोहरा, शिक्षक महासंघ कणर्ाली प्रदेशका उप-महासचिव बामदेब अधिकारी, तरुणदल गापा अध्यक्ष कुबेर खत्री लगाएत अन्य नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन वडा सचिव टिकाराम बुढाथोकीले गरेका थिए ।

No description available.

No description available.

No description available.

No description available.