माघ १९, सल्यान ।
सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका श्रीनगर खलंगा सडकखण्ड अन्तर्गत शारदा नगरपालिका १ श्रीनगरदेखि सदरमुकाम खलंगा आउदैँ गरेको रा १ ह २१९५ नम्बरको अटो सदरमुकाम खलंगा स्थित सिचाई कार्यलय निजकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी घाइते हुनेमा सल्यान सिद्ध कुमाख गाउँपालिका ३ का ३५ वर्षीय दीपक वि.क, शारदा नगरपालिका ११का १९ वर्षीय रेशम बहादुर नेपाली, सिद्ध कुमाख गाउँपालिका १ का ७८ वर्षीय टर बहादुर रेउले, बनगाड कुपिण्डे नगरपालिका ९ की २३ वर्षीया संगिता वि.क, उनको ७ वर्षीय छोरा दिपक वि.क.र छोरी ३ वर्षीया सुष्टि वि.क रहेका छन् ।
यस्तै दाङ बबई गाउँपालिका ६ की २३ वर्षीया कृष्णा बुढाथोकी, उनकै ३ वर्षीया छोरी स्मृति बुढाथोकी, सिद्ध कुमाख गाउँपालिका २ की ३८ वर्षीया धनि सुनार र ३९ वर्षीय पुष्पा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ । घाइतेहरुको सल्यान जिल्ला अस्पतालमा उपचार पश्चात सात जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण बहादुर केसीले जानकारी दिए।
चालक सहित ११ जना सवार अटो अनियन्त्रित भएर सडकदेखि करिब ५ मिटर तल खसेको छ । अटो चालक शारदा नगरपालिका ६ का २५ वर्षीय अर्जुन डाँगी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।
