सल्यान, १० असोज
नेपाली कांग्रेस कपुरकोट गाउँपालिकाको सभापतिमा यगराज वलि निर्वाचित भएका छन । हिजो शनिवार सम्पन्न पालिका अधिवेशनको चुनावमा वलि सदर ९५ मत मध्य ६३ मत ल्याएर विजयी भएका हुन । ९७ मत खसेकोमा २ मत बदर भएको थियो ।
अन्य मुख्य छ पदमा पनि यगराज वलि समुहबाट निर्वाचित भएका छन । जस अन्तर्गत उपसभापतिमा टिकाराम केसी र मान बहादुर खड्का निर्वाचित भएका छन । यस्तै सचिवमा तिलक देवकोटा र यम बहादुर थापा, सहसचिवमा इश्वरी बुढाथोकी र झकेन्द्र बुढा निर्वाचित भएको निर्वाचन संयोजक सिट्टिसाप विष्टले जनाएका छन । अन्य ३० जना सदस्य सर्वसहमत चयन भएको निर्वाचन समितिले जनाएको छ ।
