सल्यान मङ्सिर २४ गते ।
नेपाली कांग्रेसले सल्यानले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको नाम छनोट गरी पार्टी केन्द्रमा पठाएको छ । एउटामात्र निर्वाचन क्षेत्र भएको सल्यानमा नेपाली कांग्रेस सल्यानले प्रत्यक्ष तर्फ जिल्ला पार्टी सभापति तथा पुर्व जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर बिष्ट, नेपाली कांग्रेस सल्यानका उपसभापति सन्तोष के.सी, एकराज डाँगी, मान बहादुर डाँगी, दिपेन्द्र कुमार खत्री र सुरेश चन्दको नाम सिफारिस गरेको छ ।
समानुपातिक खसआर्य तर्फ चक्र देवकोटा, प्रेम बहादुर डाँगी, वीर बहादुर सेजुवाल, गणेश चन्द, धुब्र बहादुर मल्लको नाम सिफारिस भएको छ । समानुपातिक महिला तर्फ शुवद्रा बस्नेत, सीता गिरी, विष्णु कुमारी शर्मा र दलिततर्फ चक्र बहादुर परियारको नाम सिफारिस गरिएको छ ।
राष्ट्रिय सभाको उम्मेदवारका लागि भने जिल्लाबाट धुर्वराज पुरीको एकल नाम सिफारिस भएको कांग्रेस सल्यानले जानकारी गराएको छ । सोमबार बसेको कांग्रेस सल्यानको बैठकले राष्ट्रिय सभामा एकजना, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६ जना र समानुपातिक तर्फ ९ जनाको नाम सिफारिस गरेको छ ।
