सल्यान ३० भाद्र ।
कला संस्कृति संरक्षण र प्रवद्र्धनको लागि कालिमाटी गाँउपालिकामा बाध्यबादन तथा भोकल रियाज तालिम उद्घाटन भएको छ । कालिमाटी गाँउपालिकाको आर्थिक सहयोगमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानको आयोजनमा संञ्चालन भएको तालिमको उद्घाटन मंगलबार गरीएको छ । तालिम २ महिना सम्म चल्नेछ । तालिममा मादल, हार्मोनियाम, बाँसुली, नृत्य तथा भोकल रियाज (स्वर) सिकाईनेछ । तालिमको उद्घाटन गर्दै गाँउपालिका अध्यक्ष दान बहादुर के.सीले कला संस्कृति संरक्षण र प्रवद्र्धनको लागि गाँउपालिकाले बर्षेनी बजेट छुट्¥याउने गरेको बताएका छन् । उनले यो तालिममा प्रत्येक वडाबाट सहभागी बनाई गाउँपालिकामा बाध्यबादनको एउटा टिम नै तयार गर्नाको लागि तालिमको अयोजना गरेको बताए । अध्यक्ष के.सीले पछिल्लो समय गाँउघर तिर बाजागाजा बजाउने मान्छेको कमि भएको महसुस भएकोले बाध्याबादन सिकेका मान्छेहरु बिबाह, सँस्कृतिक कार्याक्रम, पुजा, जात्राहरुमा खोजीहुने गरेकोले गाँउपालिकाले संचालन गरेको तालिम लिना र तालिमलाई ध्यान पुर्वक सिक्ना साहभागीलाई अनुरोध समेत गरेका छन् । तेस्तै गाउपालिका उपाध्यक्ष सनसिलता वलीले बाध्यबादन तथा नृत्यको तालिम गाउँपालिका ईच्छुक व्यक्तिले लिना अनुरोध गरेकी छन् । उनले कला क्षेत्रबाट पछाडी परेको गाँउपालिकामा यो तालिम मौकाको आएको बताईन् । उनले मौकालाई समयमा नै सदुपायोग गर्नु पर्ने बताइन् । तेस्तै तालिमका प्रशिक्षक जन कलाकार भिम मल्ल कुमाखी ले आफुले सिकेको सिपकलालाई कुनै पनि कसर बाँकि नराखी सिकाउने बताएका छन् । उनले सहभागीको इच्छा बुझेर जुन सिक्ना चाहन्छन् तेहि सिकाउने बताए । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानका सल्लाहकार सुरेन्द्र बुढाले कालिमाटी गाँउपालिकाले जस्तै कला संस्कृति संरक्षण र प्रवद्र्धनको लागि सल्यानका १० वटै स्थानिय तहले चासो देखाउनु पर्ने बताए । उनले कला संस्कृति संरक्षणको लागि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यान सबै स्थानिय तहहरु सहकार्य गर्न तयार रहेको बताए । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानको अध्यक्ष गिता खड्काले प्रतिष्ठानले जिल्लामा कला सँस्कृति सम्बन्धि धेरै काम गर्ना बाँकी रहेको र यो एउटा सुरुवाती मात्र भएको बताईन् । उनले बाध्यबादन तालिम संचालन गर्ने सल्यानको पहिलो स्थानीय तह कालिमाटी भएकाले धन्यबाद समेत दिईन । अब यस्ता खालका तालिम सल्यानका सबै स्थानिय तहमा गर्न अबश्यक रहेको बताईन् । प्रतिष्ठानका उपाध्यक्ष पे्रम नारायाण बि.क को स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको संचालन सचिव मात्रिका प्रकाश डि.सी गरेका थिए ।
