भदौ २८ सल्यान ।
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सल्यान जिल्ला अन्तर्गत कपुरकोट गाउँ पालिकाको सभापतिमा यगराज वलिले आफ्नो उम्मेद्वारी दिएका छन । तरुण दल क्षेत्र नं. २ का सभापति समेत रहेका वलि गाउँ पालिकाको पार्टी सभापतिमा उम्मेदवारी दर्ता गराउदै आउदो असोज ९ गते सम्पन्न हुन गैरहेको १४ औं महाधिवेशनमा आफुलाई पालिका सभापति पदमा अत्याधिक बहुमतले बिजय गराउन क्षेत्रीय प्रतिनिधि, वडा सभापति लगाएत सम्पुर्ण नेता कार्यकर्ताहरुमा अपिल पनि गरेको दलित बिध्यार्थी नेता कलसिङ बि.क. ले सप्तरङ्गी अनलाइनलाई जानकारी दिएका छन ।
यस्ता छन् उनका चुनावी एजेन्डाहरु
यगराज वलिलाई नै किन दिनेत भोट ?
१) अहिले गाउँ पालिकामा भैरहेको जुन किसिमको गुट र उपगुटको नामले अग्रजलाई अपमान गर्दै पार्टीलाई नै कब्जा गरेर एकलौटी ढङ्गले अगाडि बढेर नेता कार्यकर्तालाई रुष्ट बनाउने शैलीको अन्त्य गर्दै अग्रजको सम्मान र युवालाई प्रोत्साहन दिदै पार्टीलाई सशक्त रुपमा अगाडि बढाउनको निमित्त ।
२) भर्खरै सम्पन्न भएको वडाको अधिवेशनले जुन किसिमको गुट र उपगुट सृजना गर्दै समग्र पार्टीलाईनै हानी हुनेगरी भएको क्रियाकलापको आगामी दिनमा अन्त्य गर्दै गुट र उपगुट नभई नेपाली काङ्ग्रेस पार्टीलाई सशक्त रुपमा एक ढिक्का बनाउदै आउदो स्थानीय निर्बाचनमा प्रत्येक वडासंगै गाउँ पालिकामा नेपाली काङ्ग्रेसको जित बनाउनको निमित्त ।
३) पार्टीको कुनै पनि कार्यक्रम, छलफल अथवा चुनावी प्रचारप्रसारमा जाँदै गर्दा पालिकाका प्रत्येक वडामा पार्टी कार्यालय नभएकै कारणले कहिले कसैको घरको आगनमा, कहिले चौतारीमा भेला हुनुपर्ने पिडालाई टाढा राख्नको निमित्त चुनाव हारे पनि जिते पनि पालिकाको प्रत्येक वडामा पार्टी कार्यालय बनाउको लागि पार्टी कार्यालयमा चाहिने विभिन्न सामाग्री उपलब्ध गराउने प्रतिबद्धता गरेकोले ।
४) चुनाव हारेपनी जिते पनि गाउँपालिकाको पार्टी कार्यालय बनाउन सहजका लागि ३ नम्बर वडामै बुवाको नाम बाट १ रोपनी जग्गा दान गर्ने प्रतिबद्धता गरेकोले ।
५) चुनाव जितेपछि आफ्नै कार्यकालमा पालिका स्तरीय पार्टी कार्यालयको भवन बनाउने प्रतिबद्धता गरेकोले ।