सल्यान १२ बैशाख ।
रुकुम पश्चिमको नुवाकोटदेखि नेपालगञ्ज जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन् । शुक्रबार बिहान रुकुम पश्चिमको नुवाकोटदेखि नेपालगञ्ज जाँदै गरेको लु २ ख ६२७१ नम्बरको फोर्सगाडी दुर्घटना भएको हो । घाइते हुनेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका १२ बस्ने डम्बर विक, चौरजहारी नगरपालिका १४ का हर्क विक,चौरजहारी नगरपालिका १४ कै लोकेन्द्र केसी,त्रीबेणी गाउँपालिका ८ कि हितैसी खड्का र उनकी ७ बर्षकी छोरी रहेको इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी निरीक्षक दाम प्रसाद श्रेष्ठले बताएका छन ।
घाइतेहरूमध्ये २ जनालाई टाउकोमा र बाँकीलाई हात खुट्टामा चोट लागेको छ । उनीहरुको सहज पोलिक्लिनिक प्रालि बागचौरमा उपचार भैरहेको छ । घाइते ५ जनामध्ये तीन जनालाई हातखुट्टामा चोट लागेको छ भने दुई जना सिकिस्त रहेको प्रहरीको भनाइ छ ।
घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि सल्यानको बागचौर लगिएको र हालसम्म चालक फरार रहेको प्रहरी चौकी सिमखोलीका इन्चार्ज कृष्ण शाहले जानकारी दिनुभयो। घाइतेहरूको विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
