सल्यान ०५, बैशाख ।
सल्यानको दार्मा गाउँपालिकामा जन्मिएर कलाकारीता क्षेत्रमा लागेका उदयमान गायक रमेश शेसीको “मायामा दाग” बोलको गित सर्वजानिक भएको छ । गितमा रमेश सेसी र गायिका सिमा नेपालीको स्वर रहेको छ । उक्त गितमा रमेश शेसीको लय, शब्द डम्बर चन्द बगर र थेगो संगम शेसीको रहेको छ । गीतको म्युजिक भिडियोमा लोकप्रिय मोडेल जुना गुरुङ र संगम शेसीले अभिनय गरेका छन् । गीतको भिडियोलाई चर्चित निर्देशक दिनेश मुस्कानले निर्देशन गरेका छन् । उक्त गित सिमा नेपाली युट्युब च्यानबाट सार्वजनिक भएको छ ।
सल्यानी लोक तथा दोहोरी क्षेत्रको उदाउँदो र सम्भावाना बोकेको कलाकारको रुपमा गायक रमेश शेसीलाई चिनिन्छ । उनले पछिल्लो समयकी चर्चित तथा सर्वाधिक महंगी गायिका बिष्णु माझीसंग गायको “भ्रमको खेती” तेस्तै तुल्सीपुर बजार, अर्ध पागल, पराई भुमी, लाखौं तारा, मुटु साटेर, कतार दुबैमा, पापी याद लगायतको थुप्रै बहुचर्तित लोक प्रिय गितहरुबाट दर्शक स्रोताको मन जित्दै आएका छन् ।
गायक शेसीले भने “मायामा दाग” बोलको गित राम्रो बनाउनाको लागि धेरै मेहेनत, लगानी गरेको छु, एक चोटी गितको भिडियो हेरेर तथा गित सुनेर प्रतिकृया दिना र देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दर्शकहरुले शेयर गरेर साथ दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु, धन्यवाद ।
पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
