सल्यान, १५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल महिला संघ छत्रेश्वरी गाउँपालिका सल्यानको दोश्रो सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार भोटेचौरमा सम्पन्न सम्मेलनले जयकली विक अध्यक्ष रहेको २७ सदस्यीय पालिका कमिटी गठन गरेको एमाले छत्रेश्वरी गाउँपालिका कमिटी अध्यक्ष ज्ञान बहादुर खड्काले जानकारी दिए । जसको उपाध्यक्षमा चमला केसी, सचिवमा मनिषा मल्ल चन्द, कोषाध्यक्षमा कल्पना बिष्ट र उपसचिवमा रिता न्यौपाने रहेका छन् । यस्तै सदस्यहरूमा मिनाकुमारी मल्ल, वर्षा शाही, मिना ओली, निर्मला केसी, दिलमाया बुढा, गोमा बुढाथोकी, माया रेउले, बेलमता केसी, कमला नेपाली, जीवा खड्का, तुलसा नेपाली, कल्पना बोहरा, लक्ष्मी नेपाली, पुष्पा योगी, भगवती बिक, टीका महतारा, शान्ति राना, तिलाकुमारी रावत र भोलाकुमारी बिक रहेका छन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख वक्ता नेकपा एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनले समाजमा विद्यमान सबै खालका लैंगिक भेदभाव अन्त्यका लागि महिलाहरूलाई राजनीतिक रूपमा सशक्तिकरण गर्नुपर्नेमा जोड दिए । उनले नेकपा एमाले मजबुत भएमा मात्रै विकास र समृद्धिको यात्रामा अघि बढ्न सकिने धारणा राखे । कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज पुष्पा वोहराले सम्मानजनक, हिंसारहित, न्यायपूर्ण समाजको स्थापनाका लागि एमालेको महिला संगठनले सक्रियताका साथ काम गर्नुपर्ने धारणा राखिन् । यस्तै एमाले कर्णाली प्रदेश कमिटी सदस्य कुन्ता बस्नेत, एमाले सल्यानका उपाध्यक्ष ओज बहादुर बुढाथोकी, अनेमसंघ केन्द्रीय सदस्य तथा एमाले सल्यानका उपसचिव सनसिल्ता वली डिसी, जिल्ला कमिटी सचिवालय सदस्यहरु फौद बहादुर बस्नेत, नेव बहादुर खड्का लगाएतले बोल्दै मजदुर, किसान, गृहिणी, विभिन्न पेशामा संलग्न महिला, युवा, विद्यार्थीहरूको नेतृत्वदायी प्रतिनिधित्व रहेको संगठन अनेमसंघलाई सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्यहरु खडग शाही, टिकाराम बुढा, अमृता चन्द, धर्म विक, तुल्सा विक, पवित्रा डाँगी, रेमन्त डाँगी, अनेमसंघ कर्णाली प्रदेश सदस्य बुद्ध कुमारी खत्री, गाउँपालिका कमिटी अध्यक्ष ज्ञान बहादुर खड्का लगाएत पदाधिकारी र सदस्यहरु, वडा कमिटी अध्यक्षहरु लगाएत सातवटै वडाबाट महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण बसन्ता जिसीले गरेकी थिइन् ।

