नोखिराम थापा

नेपालमा लामो समयदेखि कामय हुँदै आएको धार्मिक सांस्कृतिक एकता कमजोर हुन थालेको छ । मिलेर बसेका नेपालीहरुलाई फुटाउन देशी विदेशी तत्वहरु सक्रिय भएका छन् । मुलुकमा विस्तारै धार्मिक साँस्कृतिक लडाई सुुरु हुुन थालेको छ । कसरी हिन्दुुलाई कमजोर बनाउने भनेर यूूरोपियन युनियन समेत सक्रिय भएको छ । हिन्दुु धर्मभित्र नराम्रा पक्ष धेरै भएको भन्दै विभिन्न जातजातिका मानिसहरुलाई उचालेर समाजमा पारस्परीक एकता हुुन नदिनेहरु बढ्नथालेका छन् । धर्म परिवर्तनको अभियान नै चलाएको देख्न सकिन्छ । हिन्दुु समुदायलाई विभाजन गरी कमजोर बनाउने रणनीति अनुुसार प्रशिक्षण गर्ने र निर्देशित गर्ने कार्य भईरहेको छ ।
आज अशिक्षा र गरिबीको फाईदा उठाउदै गाउँ गाउँ र टोलटोलमा धर्म परिवर्तन गराउनेहरु बढेका छन् । हिन्दुुहरुको संख्या घटाएर मुलुुकलाई हिन्दुुराष्ट्रको पहिचान समाप्त पार्ने दिशामा अगाडि बढेको देख्न सकिन्छ । जातीय रुपमा एक अर्कामाथि घृणा फैलाउने काम भईरहेको छ । पश्चिमा शक्तिहरुले नेपालमा आफ्नो धर्म फैलाउन धेरै खर्च गर्न थालेका छन् । संसारभर आफ्नो प्रभाव बढाउन र आफ्नै संस्कृतिलाई फैलाउन निकै लगानी गर्न थालेका छन् । नेपालको साँस्कृतिक एकतालाई कमजोर बनाउन विभिन्न तत्वहरु खुलिएम रुपमा लागेका छन् । यदि नेपालमा सांस्कृति एकतालाई विखण्डन बनाइयो भने सिंगो देशको लागि नै खतरा हुन सक्दछ । धार्मिक लडाई हुने सम्भावना रहन्छ । यो देशको हित नचाहनेहरु यहाँको भाषा, धर्म र संस्कृतिलाई कमजोर बनाउन लागिरहेका छन् ।एकातिर धर्मनिरपेक्ष बादीहरु, एकातिर पश्चिमाहरु, एकातिर मंगोलिएनहरु र जातीय अल्पसंख्यकहरु सवैले आफ्नो पहिचान खोज्ने नाममा देशकै पहिचान समाप्त पार्ने गतिविधिहरु गर्न थालेका छन् ।
यसरी आफ्नो पहिचानका नाममा सिंगो देशको भाषा, भेषभुषा, धर्म र संस्कृतिमाथि प्रहार गर्नु मुलुकका लागि खतराको संकेत हो । यस्ता गतिविधिले एकातिर सामाजिक संरचनालाई खल्बल्याउछ भने अर्कोतिर बाह्य धर्म तथा संस्कृतिले स्वदेशी धर्म, संस्कार र संस्कृतिलाई विस्थापित गर्न मदत पुर्याउदछ । यसर्थ विभिन्न प्रकारका षडयन्त्रहरु बेलैमा बुुझ्न र आफ्नो स्वधर्म रक्षाका लागि देशभक्त नागरिकहरु एकजुट बन्न जरुरी छ ।साँस्कृतिक विखण्डनले मुलुक दिर्घकालिन रुपमा अशान्ति र गृहयुद्ध समेत निम्त्याउन सक्ने भएकोले समयमै नागरिकहरु सचेत बन्न जरुरी छ ।