१९ माघ २०८१
कपुरकोट गाउँपालिका वडा नम्बर ४ गाडापानी सल्यानमा रहेको पक्की चार कोठे बिद्यालय भवन आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय द्वारा आ.व. २०८०/०८१ मा विनियोजित वजेट बाट निर्मित श्री गायत्री आधारभूत बिद्यालय कपुरकोट गाउँपालिका वडा नम्बर ४ गाडापानी सल्यानको पक्की चार कोठे भवन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सुरेश अधिकारी ज्यू बाट रिवन काटेर उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा कपुरकोट गाउँ पालिका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, सोही वडाका वडा अध्यक्ष मित्रलाल कठायत, मावी किमुचौर प्राचार्य दामोदर शर्मा, नेपाली काङ्ग्रेस यगराज वली, समाजसेवी रत्नलाल वली, डण्डी राम खड्का, कमल घर्ती, प्रेम घर्ती लगाएतको उपस्तिथि रहेको थियो ।
समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले विद्यालयहरूको भौतिक पूर्वाधार विकाससँगै शिक्षाको गुणस्तर सुधारमा सबैको सहभागिता आवश्यक रहेको बताउँदै, शिक्षक, विद्यार्थी, अभिभावक, र समुदायलाई एकजुट भएर काम गर्न आह्वान गरेका थिए ।
अन्य अतिथिहरुले जो जुनसुकै पार्टीको भएनी विकास निर्माण कुराहरूमा सबै मिलेर अगाडि बढ्ने र स्कुलमा भएका संरचना संरक्षण सङ्गै बिद्यालयलाई अगाडि बढाउन सबै मिलेर अगाडि बढ्नु पर्ने बताएका थिए ।
बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बालाराम बाठाको सभा-ध्यक्ष बाट सुरु भएको कार्यक्रममा यमकान्त ढकालले स्वागत मन्तव्य राख्नु राखेका थिए भने कार्यक्रमको संचालन शिक्षिका मिना केसीले गरेकी थिइन ।
