माघ १६, सल्यान 
खोलामा डुबेर सल्यानमा एक जना युवकको मृत्यु भएको छ। जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर  ३ बाझखोलाका अन्दाजी २५ वर्षीय काले पाण्डेको आज दिउँसो  दार्मा खोलामा डुबेर मृत्यु भएको स्थानीयले बताएका छन । उनी बिहान खाना खाएर कपडा धुन भनी दार्मा खोलामा पुगेका थिए ।
केही कपडा धोएको र त्यसपछि उनी डुबेको अवस्थामा भेटिएको स्थानीयले बताएका छन ।  खोलाको पानी धेरै नभएपनी युवक पानी र हिलो जमेको स्थानमा डुबेको भेटिएका छन ।
स्थानीयका उनी मानसिक रोगी भएको वताइएको छ। घटना स्थलमा इलाका प्रहरी कार्यलय बाट प्रहरी टोलि घटना स्थलतर्फ गैरहेको छ ।