सल्यान १७ भाद्र ।
नेपाली कांगे्रस निकटको यातायात व्यवसायी समन्वय बिभाग कर्णाली प्रदेशको सचिवमा एक राज वली मनोनयन भएका छन् । नेपाली कांगे्रसको बिधान २०१७ (संशोधन सहित) बमोजिम उनलाई यातायात व्यवसायी समन्वय बिभाग कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिईएको छ । पार्टिले प्रदेश अन्तर्गत रहेका पार्टीको स्थानिय तह र समन्वय बिभागको साथै समग्रमा नेपाली कांगे्रस पार्टीलाई थप सुदृढ एवम् गतिशिल बनाउने बिस्वासका साथ वली लाई जिम्मेवारी दिईएको मनोनयन पत्रमा उल्लेख गरीएको छ । उनि तरुणदल सल्यान क्षेत्र नम्बर २ का सभापति पनि हुन । उनको राजनितिक सक्रियतालाई देखेर पार्टीले यातायात व्यवसायी समन्वय बिभाग कर्णाली प्रदेशको सचिबको जिम्मेवारी दिएको हो । उनि कर्णाली प्रदेश सल्यान कपुरकोट गाउँपालिका वडा ५ निवासी हुन् ।No description available.