सल्यान १३ पौष ।

सुन चाँदी व्यवसायी समिति सल्यानको ९ औं साधारण सभा तथा ५ औं अधिवेशन उद्घाटन भएको छ । हाम्रो व्यवसाय हाम्रो एकता, सधै एकता हुने हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ सनिवार होटेल युनाईटेड श्रीनगरमा कार्यक्रम उद्घाटन गरिएको छ । सुन चाँदी व्यवसायी समिति सल्यानका अध्यक्ष मेघराज सुनार को सभा अध्यक्षता र नेपाल सुन चाँदी व्यवसाय महासंघका केन्द्रिय कोषाध्यक्ष सुदिप श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी सम्भु प्रसाद रेग्मी लगायत को बिशिस्ट आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको छ । कार्यक्रममा नेपाल सुन चाँदी  व्यवसाय महासंघ का केन्द्रिय सदस्य लोक बहादुर स्वर्णकार, केन्द्रिय सदस्य मदन कुमार के.सि, लुम्बिनी प्रदेश सभापति धुर्व कुमार गहतराज, दाङ जिल्ला अध्यक्ष हरिकृष्ण बि क, कर्णाली प्रदेश संघ सहसचिव देबिलाल सुनार, जिल्ला प्रहरी कार्यलय सल्यान प्रमुख केशर कुमार न्यौपाने, नेपाल उधोग वाणिज्य महासंघ कर्णाली प्रदेश उपाध्यक्ष सुधन श्रेष्ठ , ५ औं जिल्ला अधिवेशन निर्वाचन संयोजक वीर बहादुर सेजवाल लगायतको आतिथ्यता रहेको थियो । तेस्तै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्ली राज रावत, उद्योग वाणिज्य संघ सल्यानका वाणिज्य उपाध्यक्ष राजेन्द्र भन्डारी , राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान सल्यानका अध्यक्ष प्रेम नारायण बिक लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम मा बोल्ने वाक्ताहरुले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

५ औँ जिल्ला अधिवेशनले आजै सुन चाँदी व्यवसायी समिति सल्यानको नयाँ कार्यसमिति चयन गर्ने समितिका अध्यक्ष मेघराज सुनार ले जान्कारी गराउनु भयो । कार्यक्रम को संचालन सल्यान समिति का सचीव रमेेश सुनार र स्वागत मन्तव्य सल्यान समितिका उपााध्यक्ष भरत सुनार राख्नु भएको थियो ।