३ मंसिर २०८१ दाङ घोराही ।
कलाकारिता सँगै गायिका द्वय विष्णु सुनुवार र सुशीला थापा मगरले व्यवसायमा हात हालेका छन् । उनीहरूले दाङको घोराहीमा सोमबार देखि ‘झोर्ले दोहोरी साँझ’ सञ्चालनमा ल्याएका हुन् । 
पारवारिक वातावरणमा दाङ र आसपासका क्षेत्रका लोकदोहोरी गीत प्रेमीलाई मनोरञ्जन दिलाउने उद्देश्यका साथ आफूहरूले व्यवसाय सुरु गरेको सुशीला र विष्णुले बताएका छन् । स्थानीय सहिद गेटदेखि थोरै भित्र नवील बैंक रहेको भवनमा दोहोरी साँझ सञ्चालन रहेको भन्दै उनिहरुले लगानीमा आफूहरु दुई जना सहित अन्य दुई जना पनि रहेको जानकारी दिएका छन् । व्यवसाय सुरु गर्नका लागि करिब ६५ लाख खर्च भएको बताउँदै आफुहरु आफ्नो व्यक्तिगत लोकसंगीत पनि साथमा लैजाने योजना समेत रहेको खुलाएका छन् ।
विष्णुले अहिलेसम्म थुप्रै गीत निकालिसकेकी छन् भने ‘भैँसी गोठैमा, पोहोर परार कोरोनाले निस्कन पाइएन’ सहितका गीतहरु बजारमा ल्याएकी छिन । यस्तै सुशीलाले पनि “सालको पात, सलल रापति भेरी लगायत धेरै गितहरुमा स्वर भरेकी छन् । लाइभ दोहोरीमा पनि जमेका उनीहरूले दाङमा सम्भावना देखेर लगानी गरेको बताएका छन ।
उनीहरुको जानकारी अनुसार भर्खर मात्रै संचालनमा आएको झोर्ले दोहोरी साझमा ३० जनालाई रोजगारी दिइएको छ । साथै सुशीला बिष्णु दुबै जनाले घोराही आसपास र पायक पर्ने जति संगीत प्रेमी सम्पुर्णलाई झोर्ले दोहोरी साझमा आएर भरपुर मनोरञ्जन लिनहुन र केही सल्लाह सुझाव भए सुटुक्क दिनुहुन हार्दिक अनुरोध समेत गरेका छन् । साथै दोहोरी साझ बेलुका ६ बजे देखि राती १० बजे सम्म संचालन हुने कुरा पनि जानकारी गराइन्छ ।
