सल्यान, १६ असोज ।
पछिल्लो समय हिट गित दिइरहेका गायक सुमन विटी सल्यानमा विहिबार सांगितिक प्रस्तुती राख्ने भएका छन् । छत्रेश्वरी महोत्सवमा उनको विशेष प्रस्तुती रहने आयोजक नागरिक सूचना केन्द्रले जनाएको छ । “तिमी र म जाम माया” गीतबाट आफ्नो साङ्गीतिक जीवनमा फड्को मारेका सुमन बिटीका अहिले दर्जनौँ गीतहरू बजारमा सार्वजनिक भइ सकेकाछन् । उनका अधिकांश गीतले अपार दर्शक श्रोताको माया पाएका छन् ।
पछिल्लो समय नेपाली साङ्गीतिक बजारमा हिट गीत दिने गायकका रूपमा परिचित भएका सुमन गीत सङ्गीत क्षेत्रका एक उदाहरणीय कलाकार हुन् ।
धादिङ जिल्ला गल्छि गाउँपालिका वडा नं.३ कल्लेरिमा जन्मीएका उनी विगतदेखी नै सांगितिक क्षेत्रमा छन् । पछिल्लो समय गायक सुमन आफ्नो गीतमा अभिनय समेत गर्न थालिसकेका छन् । गीत रेकर्ड, लाइभ दोहोरी, मेला महोत्सव मात्र नभएर उनी मोडलिङमा पनि उतिकै व्यस्त देखिन्छन् ।
छत्रेश्वरी गाउँपालिका ६ भोटेचौरमा जारी महोत्सवमा सुमन संगै अन्य विभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुती राख्ने कार्यक्रम रहेको छ । महोत्सवको अवसरमा छत्रेश्वरी डान्स आइडलको पनि आयोजना गरिएको छ । यो प्रतियोगिता १९, असोजदेखि सुरु हुने छत्रेश्वरी डान्स आइडलका संयोजक चुडामणी पि एमले जनाएका छन् ।
