सल्यान ४ असोज ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सल्यानले दिप प्रज्वलन गरेको छ। संविधान दिवसको अवसर पारेर जिल्लाको कालिमाटी गाउँपालिका दिप प्रज्वलन गरेको छ । संविधान दिवसको अवसरमा गरिएको दिप प्रज्वलन कार्यक्रम बोल्दै कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर खत्रीले संविधानको पालाना र रक्षा गर्नु सबै नागरिककोको दायित्व रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका खत्रीले संविधान दिवस लाई सबैले उत्सवका रुपमा मनाउन आग्रह समेत गर्नुभएको थियो ।
कार्यक्रम बोल्दै अनेरास्ववियु सल्यानका अध्यक्ष विशाल पुनले कालिमाटी गाउँपालिका जिल्ला सदरमुकाम देखि भौगोलिक दुरिले टाढा भयकाले सल्यानी पनको कमि हुन नदिन संविधान दिवसको अवसर पारेर दिप प्रज्वलन कार्यक्रम पश्चिम सल्यान कालिमाटीमा आयोजना गरिएको बताउनुभएको थियो ।
अनेरास्ववियु जिल्ला कमिटीको कमिटी अध्यक्ष बिशाल पुन को अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कालिमाटी गाउँ कमिटी सचीव दिलिप रावत अनेरास्ववियु सल्यानका सहसचिव यज्ञ राज खरेल विद्यार्थीलाएतको उपस्थित रहेको थियो ।

