भदौ २३,सल्यान
अखिल (क्रान्तिकारी) सल्यानको अध्यक्षमा गणेश ओली निर्वाचित हुनु भएको छ ।
सोमबार बागचौरमा सम्पन्न संगठनको १९ औ जिल्ला सम्मेलनबाट ओली अध्यक्षमा निर्वाचित भएका हुन । सम्मेलनले ओलीको अध्यक्षतामा ४१ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा यशोदा आचार्य, रन्जित भडेल, राजेन्द्र परियार, खुमा पुन मगर, सचिवमा ललित केसी रहेका छन ।
त्यस्तै सह सचिवमा लोकराज सुनार, नवराज केसी, प्रविण घर्ती र कोषाध्यक्षमा निशान रोकाय निर्वाचित भएका छन । शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको सम्मेलनले आगामी कार्ययोजना सहितको संगठनात्मक प्रतिवेदन पास समेत गरेको सम्मेलन आयोजक समिति संयोजक रमेश बुढाथोकीले जानकारी दिएका छन ।
सहमती गरेर शनिबार १ दिनमा नै सम्पन्न गर्ने गरी तयारी गरेको सम्मेलनमा अध्यक्षका लागि २ जनाले आकांक्षा देखाएपछि निर्वाचनका कारण १ दिन लम्विएको थियो । अध्यक्षमा अर्का प्रतिस्पर्धी कमल सापकोटा देखिएपछि जनवादी केन्द्रियताको प्रयोग गर्दै निर्वाचन गरिएको संयोजक बुढाथोकीले बताए । उनका अनुसार विजेता गणेश वलीले २३ मत प्राप्त गर्दा कमल सापकोटाले १७ मत प्राप्त गरेका हुन ।
सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य टेक बहादुर बस्नेतलेले गरेका थिए भने संगठनका विभिन्न तहका नेता तथा नेकपा माओवादीका नेताहरुको सहभागीता रहेको थियो ।
अखिल ९क्रान्तिकारी० को २३ औँ राष्ट्रिय सम्मेलन आउँदो असोज २ देखि ५ सम्म काठमाडौंको प्रज्ञाभवनमा हुँदैछ ।
