कतिपय मानिसहरु प्राविधिको विकासले सहज जीवनयापन गरिरहेका छन् ता पनि हाम्रो जस्तो देशमा प्रविधिको खासै विकास भएको छैन । यदि कसैले मोजमस्तीपूूर्ण जीवन विताईरहेको भए कसै न कसैलाई शोषण गरेरै उक्त अवसर पाएको हो । प्रतिकूल मौसमका कारण मानिसहरुलाई बाहिर काम गर्ने राम्रो वातावरण सधैं मिल्दैन । खराब मौशममा मानिसहरु घरबाहिर निस्कना धौ मानिरहेका हुन्छन् । तर पनि किसान, मजदुुर र काम गरी खाने वर्गलाई चिसो होस् कि तातो होस्, पानी परोस् कि घाम लागोस् काम नगरी सुुखै छैन । जाडो मौसमबाट थोरै भएपनि जोगिन न्यानो लत्ताकपडा, दाउरा, हिटर र तातो खाने खानेकुराहरुमा जोड दिनुुपर्ने हुन्छ । मानिसले बोक्ने भारी गाडि मोटरमा बोकाउन सके केही राहत हुन सक्छ । अत्यन्तै खराब मौसम भएमा रेष्ट गर्न राम्रो मौशम भएको बखत अलि बढी मेहनत गनुपर्ने हुन्छ । काम गर्ने जनशक्तिले त्यसै समय विताउने अवस्थामा अवस्थामा जिम्मेवार व्यक्ति, अभिभावक र निकायले काममा लगाउनुपर्छ । पछि आउने जोखिम कम गर्न उपयुुक्त समयमा अलि बढि मेहनत गर्न सके त्यसबाट नै सवैभन्दा बढि राहत हुन्छ ।
अहिले मानिसहरु अल्छि बन्दै गएका छन् । काम गर्न भनेपछि पटक्कै मन पराउदैनन् । तर यसरी अल्छि प्रवृत्तिका मानिसहरुले कसै न कसैलाई पीडा दिईरहेका हुन्छन् । गरिब परिवार भए घरमा आमा बुवाले दुख पाईरहेका हुन्छन् । धनी परिवारका सदस्य भए कामदारहरुलाई हैरानी बनाईरहेका हुन्छन् । हामीले यति कुरा बुझ्न जरुरी छ, कोही मान्छे भोगविलासमा लिप्त छ भने त्यसको असर अरुलाई परिरहेको हुन्छ । या पुख्र्यौली सम्पत्तिको आडमा मानिसहरु मस्ति गरिरहेका हुन्छन्, या घरका कुनै सदस्यलाई पीडा दिएर आफूले मस्ती गरिरहेका हुन्छन् । यसर्थ हामीले बुझ्नुपर्ने कुरा के हो भने सवै मानवको कल्याणका लागि शारीरिक असक्त हुनेबाहेक सवै मानिसहरुले अधिक्तम परिश्रम गर्नुपर्छ । कसैलाई ऐस आराम गर्न दिइएको भए कसैको श्रम शोषण भईरहेको छ । यदि पूख्र्यौली सम्पत्तिमा मोजमस्ति गरेको भए तिनको पनि सम्पत्ति छानविनतिर लाग्नुपर्ने हुन्छ, या सम्पत्ति आर्जनको श्रोत खोतल्नुुपर्ने हुन्छ । नेपालको सन्दर्भमा अधिकांश पूजिपति वर्ग शाषक, सामन्त, सत्ताशिन व्यक्ति र सत्ताका पहुुँचमा पुग्ने व्यक्तिहरु नै छन् ।
यसर्थ अपवाद्का धनाढ्यहरु बाहेक अधिकांशले दुखमय जीवन विताउनुमा कुुनै न कुनै समय शासकहरुले जनतामाथि शोषण गरेकै हुन् । तर जे भएता पनि धेरै नेपाली नागरिकहरु अहिले पनि दुख र पीडामा भईरहेको सन्दर्भमा जति सक्यो समयको सदुपयोग गर्न जरुरी छ । गाउँ, समाज र .देशको समग्र विकासबाटै समृद्धि हाँसिल हुुने भएकोले आम नागरिकहरुले क्षमता अनुसारको श्रम गर्नैपर्दछ । आम नागरिकहरुको सुुखी जीवनका लागि सवैले अनिवार्यरुपमा श्रम गर्नुपर्छ र त्यसमा पनि सहि समयमा सहि किसिमले काम गर्न आवश्यक छ । एक मिनेट पनि अनावश्यक रुपमा खेर फाल्नुहुदैन ।
