तुलसीपुर, १७ श्रावन । दाङको तुलसीपुरमा घरको सिडिबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–३ घरभई अहिले तुलसीपुर–५ ङ लाइनमा कोठा भाडामा बस्दै आएकी ४२ वर्षीया तिला परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज बिहान साढे ७ बजेको समयमा आफु बस्दै आएको घरको सिडिबाट लडेर गम्भिर घाइते भएकी तिलालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो । उपचारकै क्रममा आज बिहान साढे ११ बजेको समयमा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।।
