सल्यान, १३ साउन ।
लोक तथा दोहरी गायक भागीरथ चलाउनेको यो वर्षको तीज गीत “गुलेलीले जुरेलीलाई” सार्वजनिक भएको छ । सल्यानमा जन्मिएर काठमान्डौं लाई कर्मथलो बनाई निरन्तर लोक तथा दोहरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक चलाउने पछिल्लो समय दर्शक स्रोता माझ निकै लोकप्रिय हुनुहुन्छ । सधै मौलिक गीतसंगीतको पछि हिड्ने गायक भागीरथ चलाउनेका थुप्रै लोक दोहरी गीत बजारमा रहेका छन । उहाँका तीज गीतहरू बजारमा निकै चर्चामा छन । हरेक वर्ष तीज आउन बित्तिकै चलाउनेका फ्यानले उहाँका तीज गीत खोज्न थाल्छन उसो त गायक चलाउनेले हरेक वर्ष तीज गीत बजारमा ल्याउने गर्नुभएको छ ।करोडौं क्लबमा पर्न सफल झम–झम झम्काना चलाउनेको बहुचर्चित तीज गीत हो । थोपडाले धोका दियो बरिलै,मायालेत होला, मलाई एउटा सिफारिस मिलाईदेउ पनि चर्चित तीज गीतको सुचिमा पर्छन् !
यो वर्ष पनि महिलाको महान पर्व हरितालिका तीज नजिकै आउने क्रममा तिज गीत गुलेलीले जुरेलीलाई सार्वजनिक गर्नुभएको छ । फ्यानको माया साथले यो वर्ष पनि तिज गीत सार्वजनिक गर्न सफल भएको चलाउनेले बताउनुभयो । गीतमा निकै उत्कृष्ट शब्द समेटिएको गीतको संगीत तथा शब्द सिर्जना चलाउने आफैले गर्नुभएको हो । गीतमा भागिरथ चलाउने र पछिल्लो समय निकै चर्चा कमाउन सफल गायिका सुनिता बुढा क्षेत्रीको स्वर भरिएको छ । सुनिल विकको उत्कृष्ट निर्देशनमा रहेको गीतको म्युजिक भिडियोमा भागीरथ चलाउने र अनिशा वलीको अभिनय देख्न सकिन्छ । गीत भागीरथ चलाउने युट्युव च्यानल बाट सार्वजनिक गरिएको छ । तिज लक्षित अन्य गीत पनि ल्याउने तयारी गरेको उहाँले बताउनुभयो ।
https://www.youtube.com/watch?v=j_7p7mZGWyk
