सल्यान ३२ जेठ ।
कृषकको टोलटोल अनि घर घर मा पुग्ने अभ्यासलाई निरन्तरता दिदै एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले पुनः शुक्रबार एक कार्यक्रम सम्पन्न गरेको छ । शाखाले कृषि तथा पशुपछिं बिमा सम्बन्धि छलफल कार्यक्रम शारदा नगरपालिका ९ साल्चौर सल्यानमा सम्पन्न गरेको हो । कृषकलाई बीमाको दायरामा ल्याउन जिल्लाका विभिन्न ठाँउमा कृषि तथा पशुपछिं बिमा सम्बन्धि कार्यक्रम संचालन गरि रहेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यानका शाखा प्रमुख अनुराग बोहराले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी शारदा नगरपालिका वडा न, ९ का अध्यक्ष हेमेन्द्र कुमार बुढाथोकिले कृषि तथा पशुपन्छी बीमा कृषकलाई अति आवश्यक रहेको र बीमा गरेमा निकै फलदायी हुने बताउनु भयो । उहाँले कृषकलाइ बीमाको दायारामा ल्याउन आउदा दिनहरुमा थप प्रयास गर्ने बताउदै यस्तो खालको कार्यक्रम आफ्नो वडामा पहिलो पटक भएको र यस्ता सचेतना मूलक कार्यक्रम बेला बेला हुनुपर्ने बताउनु भयो । अध्यक्ष बुढाथोकीले यस्तो महत्वपूर्ण कार्यक्रम ल्याई गाउँ गाउँमा छाइ रहेको एनएलजि इन्स्योरेन्स परिवारलाई बिशेष धन्यवाद समेत दिनु भएको छ ।
तेस्तै कार्यक्रममा बिशिस्ट अतिथी टेकमाइन्ड नेट्वर्कका कर्णाली प्रदेश प्रमुख सङ्गम बिहानी,आइएम लाइफ इन्स्योरेन्सका सल्यान शाखा प्रमुख भरत रोकाय, वडा सदस्य बेलधर बुढा, निबर्तमान वडा अध्यक्ष चक्र बहादुर घर्ती, कृष्ण आधरभुत विद्यालयका प्र.अ. लगाएतले आफ्नो मन्तब्य राख्न भएको थियो । कार्यक्रममा शा.न.पा. को पशु प्राबिधिक स्वागत शाही, पत्रकार ज्ञान बहादुर पुन लगाएको अतिथ्यता रहेको थियो ।
कार्यक्रमका सभाध्यक्ष एनएलजि इन्स्योरेन्स श्रीनगर शाखाको प्रमुख अनुराग बोहराले छलफल कार्यक्रममा उपस्थित भएका विभिन्न तह र तप्काका व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिनुभएको थियो । उहँले सल्यानमा जिल्लामा कृषकलाई बिमाको दाएरामा ल्याउन विभिन्न अभ्यास गरिदै आएको र यसलाइ थप निरंतरता दिने बताउन भयो । शाखा प्रमुख बोहराले कार्यक्रम उपस्थित सबैला स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, कृषि तथा पसुपन्छी बीमाका प्रावधान र महत्वका बारेमा जानकारी गराउनुको साथै कृषी तथा पशु पन्छी बीमाको बारे प्रष्ट पार्नु भएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने शारदा नगरपालिकाकाका वडा ९ को वडा अध्यक्ष तथा उपस्थिति जनाउने सबैलाई शाखा प्रमुख बोहराले धन्यवाद समेत दिनुभएको छ ।

कार्यक्रममा शारदा नगरपालिका वडा नं.९ का विभिन्न टोल बाट प्रतिनिधित्व गरेर आएका ३८ जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।

