२९ जेठ २०८१ सल्यान ।

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ पुरानो कालिका मावि को खेल मैदानमा पालिका स्तरीय अध्यक्ष कप सम्पन्न भएको छ ।

  1. हिजो २८ गते देखि सुरु भएको अध्यक्ष कप प्रतियोगिता आज २९ गते सम्पन्न भएको हो । अध्यक्ष कप प्रतियोगितामा भलिबल खेल र ब्याटमिन्टन खेल खेलाईएकोे थियो । जस मध्ये पालिका स्तरीय अध्यक्ष कप अन्तर्गतको भलिबल प्रतियोगितामा ५ नम्बर वडा प्रथम भएको छ । त्यस्तै १ नम्बर वडा दोश्रो र ४ नम्बर वडाले तेश्रो स्थान हात पारेका छन् । प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद सहित मेडल, कप र प्रमाणपत्र दिईएको छ । त्यस्तै ब्याडमिन्टन प्रतियोगितामा ३ नम्बर वडा प्रथम, ६ नम्बर वडा दोश्रो र ५ नम्बर वडा तेश्रो स्थान हात पारेका छन् । प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद सहित मेडल, कप र प्रमाणपत्र दिईएको छ ।
    भलिबल खेलमा उत्कृष्ट खेलाडी १ नम्बर वडाका सुनिल बाठा मगर चुनिएका छन । भने ब्याडमिन्टन खेलमा ४ नम्बर वडाका दिनेश थापा चुनिएका छन । दुबै उत्कृष्ट खेलाडीलाई प्रोत्साहन स्वरूप केहि नगद सहित मेडल, कप र प्रमाणपत्र प्रदान गरिएको छ ।

गाउ पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, खेलकुद विकास समिति अध्यक्ष लगाएतले सम्पुर्ण बिजेता टिमलाई हौसला आट उर्जा सहित टिका माला मेडल लगाएर प्रमाणपत्र प्रदान गरेका छन ।

भलिबल प्रतियोगितामा प्रत्येक वडा बाट एकएक टिम गरि ६ वटा टिमले सहभागी जनाएका थिए भने ब्याडमिन्टन प्रतियोगितामा सबै वडा बाट गरि १० वटा टिमले सहभागी जनाएको खेलकुद विकास समिति कपुरकोट कोषाध्यक्ष जिवन भण्डारीले जानकारी दिएका छन ।

प्रतियोगितालाई सफल बनाउन र सहजता ल्याउन रेफ्री नबिन बस्नेत र किरण बस्नेतले सहजीकरण गरेका थिए ।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भरत वली अन्य वडा अध्यक्षहरु, वडा सदस्यहरु लगायत विभिन्न तह र तप्काका विशिष्ट ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई समापन गर्दै खेलकुद विकास समिति अध्यक्ष शेर बहादुर पुनले तेश्रो अध्यक्ष कप अन्तर्गत प्रतियोगिता कार्यक्रम सफल बनाउन सहयोग गर्ने गा.पा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत वडाका जनप्रतिनिधि, विभिन्न ओहदामा रहनु भएका बिशिष्ठ ब्यक्तित्वहरु, संचारकर्मी, सुरक्षाकर्मी, खेलाडीहरु, खेल प्रेमिहरु लगाएत सबै सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् । समापन कार्यक्रमको संचालन योजना तथा सुपरिवेक्षण इकाई प्रमुख जिवराज खत्रीले गरेका थिए ।