सल्यान १५ जेठ । सल्यानमा इन्फिनिटी लघुवित्तकोे आयोजनामा एक दिने बाख्रा पालन तालिम सम्पन्न भएको छ । इन्फिनिटी लघुवित्त सल्यान श्रीनगर शाखाले समुहका ५५ जना महिलाहरुलाई बाख्रापालन तालिम दिएको हो ।
सोमबार सल्यान उद्योग वाणिज्य संघको सभाहलमा भएको तालिममा व्यावसायिक बाख्रा पालनको परिचय, महत्व, बजार, रोग नियन्त्रण तथा प्रजनन् व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन लगायतका विषयहरुमा प्रशिक्षण गरिएको थियो ।
बाख्रा पालनमा देखिएको समस्या, व्यवसायीक बाख्रा पालनमा ध्यान दिनु पर्ने कुराहरुको बारेमा कृषकहरुलाई जानकारी दिने उदेश्यले तालिमको आयोजना गरीएको शाखा प्रमुख दिपिसा सेजवालले जानकारी दिइन् ।
समुहकी सदस्य गंगा खडकाको सभाअध्यक्षतामा भएको तालिमको प्रशिक्षक केन्द्रिय कार्यलयका भेटनेरी डाक्टर कृष्णप्रसाद पौडेलले गरेका थिए । कार्यक्रमको संचालन सल्यान शाखाका साहयक लेखापाल नवराज जैसीले गरेका थिए ।