सल्यान ११ बैशाख ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले समूहका प्रमुखहरुका लागि गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालयको सहजिकरण र सल्यान श्रीनगर शाखाको आयोजनामा सल्यानमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अथिति तथा केन्द्रिय कार्यालयका अनुगमन बिभागका अनुगमन अधिकृत माधव सापकोटाले गोष्ठीको सहजिकरण गर्दै वित्तीय संस्थामा कारोबार गर्दा हुने फाईदाहरु, कर्जाको कसरी सदुपयोग गर्ने र वित्तीय संस्थाको स्थापना, वर्गिकरण र वित्तीय संस्थाले गर्न सक्ने कार्यहरुको बारेमा समुहका प्रमुखहरुलाई जानकारी गराएका थिए । उनले पछिल्लो समय केहि व्यक्ति समुहले वित्तीय संस्था प्रति नकारात्मक भ्रम फैलाइरहेकोले तेसको पछि लाग्न नहुने बताए । अरुको नाममा ऋण निकाल्दिने, ऋण लिएर सही ठाउँमा प्रयोग नगर्ने र पछि संस्थालाई दोस दिने भएकाले यसमा समुह सदस्यहरुसंग वित्तीय साक्षरताको ज्ञान हुन आवश्यक रहेको उनले बताए ।


तेस्तै कार्यक्रमका बिशिष्ठ अथिति त्रिवेणी गाउँपालिका वडा न २ का वडा अध्यक्ष हस्त बहादुर राम्जाले वित्तीय संस्थाबाट लिएको कर्जालाई सहि सदुपयोग गर्न सके राम्रो लाभ लिन सकिने बताएका छन् । उनले जुन कार्य गर्ने भनि ऋण लिईन्छ त्यो काम नगरेर फरक कार्य गर्दा तेस्को सदुपयोग हुन नसकेको बताए ।


कार्यक्रममा मन्तव्य राख्दै उद्योग वाणिज्य संघ सल्यानका नव निर्वाचित वाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारीले वित्तीय संस्थामा कारोबारो गर्दा राम्रोसंग बुझेर मात्र कारोबारो गर्नुपर्ने बताएका छन् । संस्थाबाट ऋण लिने र ऋणको सहि सदुपयोग गर्न नसक्दा धेरै व्यक्तिहरुलाई झन आर्थिक समस्या हुने भएकाले यसलाई बुझेर मात्र कारोबारो गर्नु पर्ने बताए ।


व्यवसायी चिरन्जीबि वलीले वित्तिय संस्थाबाट कर्जा लिइ सहि तरिकाले व्यापार व्यवसाय गर्न सके राम्रो आम्दानीको सम्भावना हुने बताए ।
सोही अवसरमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड सल्यान शाखा भित्रका उत्कृष्ट कारोबारो गरेका इन्फिनिटी लघुवित्त महिला समुहलाई परस्कृत समेत गरिएको छ । जस्मा भुवनेश्वरी इन्फिनिटी लघुवित्त महिला समुह शारदा नगरपालिका ११ हिवाल्चाको समुह प्रथम भएको छ । तेस्तै नव दुर्गा इन्फिनिटी लघुवित्त महिला समुह शानपा १२ रेशमज्यालाको समुह दोस्रो र स्यानिखाल इन्फिनिटी लघुवित्त महिला समुह तेस्रो भएको छ । तेसैगरी सल्यान शाखामा सबै भन्दा बढी बचत गर्ने बचतकर्ता सरिता थापा लाई पनि सम्मान तथा पुरस्कृत गरीएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले समयमा किस्ता बुझाउने, नियमित बचत गर्ने र संस्थाको नियमनुसार कारोबारो गर्ने समुह तथा व्यक्तिलाई पुरस्कृत तथा सम्मान कार्य गर्दै आएको छ ।
कार्यक्रम मंगलबार उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो । भुवनेश्वरी इन्फिनिटी लघुवित्त महिला समुह शारदा नगरपालिका ११ हिवाल्चाका अध्यक्ष जिवन कुमारी थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड सल्यान शाखा प्रमुख दिपिसा सेजुवालले स्वागत मन्तव्य राखेकी थिईन भने कार्यक्रमको संचालन सल्यान शाखाका लेखापाल नवराज जैसीले गरेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय सितलपाटीका प्रमुख नन्दलाल भारती लगायत, पत्रकार लगायत बिभिन्न इन्फिनिटी लघुवित्त महिला समुहका प्रमुख तथा सदस्यहरुको सहभागिता रहेको थियो ।