सल्यान, १८ चैत ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अब देशमा आर्थिक क्रान्ति गर्न बाँकी रहेको बताउनु भएको छ । उहाँले देशको लागि राजनीतिक दलले लडेको लडाइ र जनताले गरेको दुख खेर नगएको बताउदै अब देशमा आर्थिक क्रान्ति मार्फत समाजवादमा जानुपर्ने बताउनु भयो ।
नेकपा एमाले सल्यानको १० औँ जिल्ला अधिवेशनको उद्धघाटन कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेस, माओवादी, समाजवादी सहितको पाँच दलिय गठबन्धनले एमालेलाई धुलो चटाउने भनेर हिडिरहेको तर असफल भएको बताउनु भयो । पाँच वटा दल मिल्दा पनि एमाले जतिको भोट ल्याउन नसकेकाले अहिले ति पार्टीहरुले एमालेलाई जित्न नसकिदो रहेछ भनेर प्रचण्ड माधवले बुझिसकेको बताउनु भयो ।
हिजो उहाँहरुले कांग्रेसलाई साथ दिएर एमालेलाई सिध्याउन लाग्नुभयो, उपाध्यक्ष ज्ञवालीले भन्नुभयो,“ नेतृत्व प्रधानमन्त्री प्रचण्डले गरेको भएपनि कांग्रसको निति कार्यक्रम लागु गर्ने सरकार थियो, दक्षिणपन्थी गठबन्धन भनेर त्यतिबेला हामीले बिरोध गरेका थिएउ” जसरी पनि त्यो गठबन्धन भत्काउनु पर्ने थियो, भत्काएरै छोडियो पनि ,
अहिले एमाले माओवादी लगायतका दल मिलेर बनेको समिकरणलाई टिएकाएर २०८४ साल सम्म कायम राख्ने बताउनु भयो । अहिलेको समिकरणलाई भत्काउन सबै देशि बिदेशी शक्तिहरु लागि परेकाले यसलाई बिचमा टुनन नदिनको लागि आफुहरु सचेत भएको बताउनु भयो ।
अहिलेको समिकरणलाई ८४ सालको निर्वाचन सम्म टिकाए पनि ८४ को निर्वाचनमा एमाले एक्लै चुनावमा जाने र एक्लै बहुमत ल्याउने मानसिकताका साथ अगाडी बढने नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कसैको बैशाखी लिएर चुनाव जितौला भन्ने मानसिकता लिएर अगाडी बढे राम्रो नतिजा ल्याउन नसकिने भएकाले एक्लै बहुमत ल्याउने गरि तयारी थाल्न आग्रह गर्नुभएको हो ।
उहाँले भन्नु भयो, मोआवादी, समाजवादी सित मिलेर चुनाव लडिन्छ, किन दुख गर्ने भन्ने निस्क्रिय मानसिकता नराख्नुस, के थाहाँ भोली प्रचण्ड कता लाग्नु हुन्छ, माधव कता लाग्नुहुन्छ ठेगान छैन, यस कारण हामीले आफनो तयारी आजै बाट थाल्नु पर्छ, । ८४ को चुनावमा एक्लै बहुमत ल्याउने तागत एमाले सित भएकाले आजै बाट तयारी थालेर यसको आधार खडा गर्नुपर्ने उपाध्यक्ष ज्ञवालीले आग्रह गर्नुभयो ।
यसैबिच नेकपा एमाले सल्यानको १० औँ जिल्ला अधिवेशन आज बाट सल्यानको खलंगामा सुरु भएको छ । जिल्ला समन्वय समितीको सभाहलमा सुरु भएको अधिवेशन २० गते सम्म चल्ने छ । यही अधिवेशन बाट नया नेतृत्व छनोट गर्ने एमाले सल्यानले जनाएको छ । अधिबेशनलाई नेकपा एमालेका केन्द्रिय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भटट, नेकपा एमालेका केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बा, नेकपा एमालेका जिल्ला ईन्चार्ज भैरव सुन्दर श्रेष्ठ, नेकपा एमालेका प्रदेश अध्यक्ष गुलाव जंग शाह लगायतले सम्बोधन गरेका थिए ।