तुल्सिपुर १६ चैत ।

दाङ्ग जिल्लाको सबै भन्दा पुरानो यातायात सस्था त्रिसिद्देस्वरी राप्ती यातायात सेवा प्रालिले तुल्सिपुर बसपार्कमा यात्रु प्रतीक्षालय निर्माण गरेको छ । यात्रुहरुको समस्यालाई मध्य नजर गर्दे प्रतीक्षालय निर्माण गरिएको प्रालिका अध्यक्ष सुरेस हमाले बताउनु भयो। तुल्सिपुर बस पार्क आधुनिक तरिका ले निर्माण भएपनी प्रतीक्षालय नहुदा यात्रु हरुलाई बस्न को लागि समस्या हुँदै आएको थियो। कुल दुइ लाख २२ हजार लगानीमा बस प्रतीक्षालय निर्माण गरिएको प्रालिका प्रसासनिक सह सयोजक प्रीतम कुमार श्रेष्ठ ले बताउनु भयो । अहिले यात्रु प्रतीक्षालय निर्माण भएपछि आफुहरुलाई बस्न सहज भएको यात्रु भुपिन केसिले बताउनु भयो । यस अघि प्रालिले बसपार्कमा निशुल्क खानेपानी को ब्यबस्था गरिसकेको छ । प्रालिले दाङ्ग को तुल्सिपुर बाट विभिन्न ठाउँ को लागि स्तरीय गाडी सचालन सग सगै सामाजिक कार्यहरू पनि गर्दे आएको छ।