चैत्र ०२, सल्यान ।
सल्यानमा विश्व उपभोक्ता अधिकार दिवस मनाईएको छ । शुक्रबार १५ मार्च को दिन “स्वच्छ र प्रतिस्पर्धी बजार,उपभोक्ताको सार्वभौम अधिकार” भन्ने नाराका साथ अन्तक्रिया तथा सचेतना कार्यक्रम गरी दिवस मनाईएको छ ।
सल्यानको श्रीनगरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले उपभोक्ता आफै सचेत हुनुपर्नेमा जोड दिएका छन् । कुनै पनि समान उपभोग गर्नु पर्व त्यसको उत्पादन मिति र म्याद समाप्त मिति हेर्नु पर्ने बताएका छन् । सकैसम्म व्यापारीले म्याद गुज्रिएका सरसामान पसलमा राख्ने नहुने उनिहरूको भनाई छ ।
कार्यक्रमका प्रमुख अथिति जिल्ला समुन्वय समितिका प्रमुख बेलाराम रावलले व्यापारी र उपभोक्ता दुबै सचेत गराउनको लागि शिक्षा र चेतनाको बिकास सबैसंग पु¥याउन आवश्यक रहेको बताए । उनले भने सबै सचेत हौ म्याद सकिएका उपभोग्य समाग्रि प्रयोग नै नगरौं ।

तेस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मिले कानुन तथा नियमन गर्ने निकाय हुदाहुदै पनि उपभोग्य समाग्रीको गुणस्तरमा कसैले ध्यान नदिएको र यसको प्रत्यक्ष असर उपाभोक्तामा परेको बताएका छन् । यसको समाधानको लागि हेर्ने निकायले निरन्तर बजार अनुगन गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिका उप प्रमुख सुस्मिता सपकोटाले उपभोक्ता आफै सचेत हुनु पर्ने बाताईन । उनले भनिन के सम्बन्धि पसल हो कुन पसलमा के बिक्री गर्न मिल्छ तेहि मात्र व्यापार गर्न मिल्ने भन्ने कुराको नियम बनाई व्यवस्थापन गर्न आवश्यक रहेको बताई । तर बजारमा एउटै पसलमा धेरै समाग्री बिक्रिबितरण हुदा बजार अनुगनमा समस्या भएको उनको भनाई छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख असबिर बुढाथोकी, राष्ट्रिय भुमि आयोग सल्यानका अध्यक्ष वीर बहादुर सेजवाल, उद्योग वाणिज्य संघका भरत बस्नेत लगायतले मन्तव्य राखेका थिए । उद्योग वाणिज्य संघको सभा हल श्रीगनरमा भएको कार्यक्रमको संचालन ध्रुव खत्रीले गरेका थिए । कार्यक्रममा सरोकावाला निकायका प्रमुख तथा प्रतिनिधि, स्थानिय व्यापारी, पत्रकार, उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।