नोखिराम थापा
सल्यान २४, असार ।
नेपाली संगितिक आकाश चम्किलो तारा सल्यान मा जन्मिएका गायक भागिरथ चलाउनेको नयाँ तिज गित “थोपडाले ढोका दियो बरिरै” बोलको गित सार्बजानिक भएको छ । रामु पोर्थेल को शब्द भागिरथ चलाउनेको संगित रहेको उक्त गितमा भागिरथ चलाउने र चर्चित गायिका सुनिता बुढा क्षेत्रिको स्वर रहेको छ । गित भागिरथ चलाउने युटुव च्यानलबाट बजारमा सर्बजानिक भएको छ । गितको म्युजिक भिडियोमा पनि भागिरथ चलाउने र करिश्मा ढकालको अभिनय देख्ना सकिन्छ । गितको भिडियो निर्देशन प्रकाश भट्टको, छायाङकन नवराज उप्रेती र सम्पादन बिष्णु शर्माको रहेको छ । लोकदोहोरीको क्षेत्रमा एक पछि अर्काे चर्चा कमाइसकेका गायक भागिरथ चलाउनेका थुपै्र चर्चित गितहरु बजारमा छन् । उनले गाएका प्रत्येक बर्षका तिजका गितले पनि निकै चर्चा कमाउने गरेको छन् । उनको नयाँ तिज गित “थोपडाले ढोका दियो बरिरै” पनि निकै राम्रो भएकोले दर्शक स्रोताको मन जित्ने देखिन्छ ।
