असार १९, सल्यान ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सल्यानमा साढे ३५ करोड बढि बजेट आएको छ । का सल्यानका १० स्थानीय तहलाइ संघीय सरकारले ३५ करोड २९ लाख ५२ हजार ससर्त अनुदान पठाएको छ ।
सूचीकृत बेरोजगारका लागि आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि उक्त अनुदान पाएको हो ।
जसमा सबैभन्दा बढी बागचौर नगरपालिकालाइ ७ करोड २५ लाख ६५ हजार, क्रमशः दार्मा गाउँपालिकालाइ ६ करोड ८६ लाख २६ हजार, कालिमाटी गाउँपालिकामा ५ करोड ६१ लाख १३ हजार, कुमाख गाउँपालिकामा ३ करोड ९१ लाख ६९ हजार, सिद्ध कुमाखमा २ करोड ७१ लाख ३८ हजार, शारदामा २ करोड ३३ लाख ५९ हजार, छत्रेश्वरीमा २ करोड १५ लाख ७० हजार, कपुरकोटमा २ करोड ५ लाख ३७ हजार र बनगाड कुपिण्डेमा १ लाख १० हजार अनुदान आएको हो ।
त्यस्तै जिल्लाका १० स्थानीय तहका ६ हजार १ सय १७ जनाले रोजगारी पाउने भएका छन् ।
उद्यपी सल्यानमा ३० हजार ६ सय ७५ जनाको बेरोजगारको सूचीमा नाम सूचीकृत भएको छ । जसमा बनगाड कुपिण्डे नगरपालिकाले एक जना जना बेरोजगारको पनि काम सुचीकृत गराएको छैन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि देशभरमा सबैभन्दा धेरै बजेट पाउनेमा बागचौर नगरपालिका पहिलो र दार्मा गाउँपालिका तेस्रो बनेका छन् ।
