जेठ ३,सल्यान
सल्यानमा कोरोना भाइरस संक्रमणबाट सोमबार थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्गाड कुपिण्डे नगरपालिका ९ का ५९ बर्षिय पुरुष र शारदा नगरपालिका १३ का ४५ बर्षिय पुरुष रहेको सल्यान जिल्ला अस्पतालले जनाएको छ ।
उनिहरु दुबैजनाको उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा सोमबार दिउँसो मृत्यु भएको हो । यो सँगै जिल्लामा कोरोना भाईरस संक्रमण बाट मृत्यु हुनेका संख्या २५ पुगेको छ ।
यसैबिच सल्यानमा आज थप १५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । ४५ जनामा गरिएको एन्टिजेन परिक्षणमा १५ जनामा भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यलय सल्यानले जनाएको छ ।
यो सहित जिल्लामा संक्रमितको संख्या ६ सय ७ पुगेको छ । कार्यालयका अनुसार १३ जना निको भएर घर फर्किएका छन ।
