सल्यान २६ बैशाख ।

सल्यानमा आज एन्टिजेन परिक्षण गर्दा ३० नयाँ संक्रमित थपिएका छन् । थपिनेमा छत्रेश्वरी गाउँपालिकाका २, त्रिवेणी गाउँपालिकाका १८, शारदा नगरपालिकाका ७ र बनगाड कुपिण्डे नगरपालिकाका ३ रहेका छन् । यस्तै कोरोना निको भएर आज २४ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । वैशाख देखि हालसम्म जिल्लामा ११ सय ४७ जना डिस्चार्ज भइसकेका छन् ।

जिल्लामा हालसम्म ४ सय ५७ जना सक्रिय संक्रमित रहेको कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । उनका अनुसार सल्यान अस्पतालमा २४, सस्ंथागत आइसोलेशनमा १३ र ४ सय २० जना होमआइसोलेशनमा रहेका छन् ।
तेस्तै सल्यानमा होम आइसोलेशनमा बसेका दुइ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ निवासी ४० वर्षिया महिलाको कोरोना संक्रमणबाट आज (आइतबार) बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । उनको गत बैशाख १७ गते गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनि होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले बताए । त्यस्तै सिद्द कुमाख गाउँपालिका वडा नम्बर २ निवासी ४१ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृ’त्यु भएको छ । बैशाख २१ गते गरिएको पिसिआर परिक्षणमा उनलाइ संक्रमण देखिएको थियो । उनि पनि होम आइसोलेशनमा बस्दै आएको सुचना अधिकारी डिसीले जानकारी दिए । यो सँगै सल्यानमा बैशाख यता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।