बैशाख २३, सल्यान ।

सल्यानमा आज एकैदिन १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सल्यानका अनुसार पिसिआर परिक्षणमा ८८ जना र एन्टिजेन परिक्षणमा २४ जना गरि १ सय १२ जनालाइ कोरोना संक्रमण देखिएको हो । यो सँगै सल्यानमा सक्रिय संक्रमितको संख्या ४ सय १५ पुगेको छ । संक्रमितमध्ये २० जनाको सल्यान अस्पताल र ५ जनाको अन्य स्वास्थ्य संस्थानमा उपचार भैरहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । बाँकी ३ सय ९० जना भने होम आइसोलेशनमा बसिरहेका छन् ।

कार्यालयका अनुसार आज थप एकजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने शारदा नगरपालिका बासी हुन् । यो सँगै बैशाख यता सल्यानमा अस्पतालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ भने बाहिरी जिल्लामा सल्यानकै आधादर्जन बढीको निधन भएको छ । यसैबीच आज १८ जना संक्रमित कोरोना मुक्त भएका छन् भने एक जनालाइ थप उपचारका लागि बाहिरी जिल्ला रिफर गरिएको छ ।