सुर्खेत, २६ पौष ।
सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना कार्यक्रम लागू भएका कर्णाली प्रदेशका १९ वटा र बराहताल गाउँपालिकामा कार्यरत इन्जिनियर÷वास फोकल पर्सन, आइटी अफिसर, वास कोर्डिनेटरहरका लागी २ दिने वास प्लान अधाबधिक तालिम सुर्खेत को बीरेन्द्रनगर स्थित होटेल नमस्तेमा यहि पौष २२, २३ र २४, २५ गरि दुई चरणमा सम्पन्न भएको छ । उक्त तालिममा स्थानीय तहबाट करिब ४५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम अत्यन्तै महत्वपूर्ण र प्रमाणमा आधारित योजना तर्जुमा बिधि भएको सहभागीहरुको भनाई रहेको छ । बिधुतिय सुशासन मार्फत योजना तर्जुमा गर्ने विधि स्थानीय तहका लागि उपयोगी सिद्द हुने कुरा सहभागीको तर्फबाट दार्मा गाउँपालिकाकि इन्जिनियर श्री आरजु चन्द ले बताउनु भयो । त्यसैगरी तालिमले प्रयोगात्मक कुरामा जोड दिइएकोले उपयोगी हुने कुरा भगवतीमाइ गाउँ पालिकाको वास इकाईमा कार्यरत वास संयोजक चक्र भण्डारीले बताउनु भयो ।
वास योजनाले योजना तर्जूमाका लागि मार्गनिर्देशक बन्ने र अन्य योजना तर्जूमा गर्नका लागि समेत नमूना बन्ने भएकोले यसलाई समय समयमा अद्यावधिक गनुपर्ने कुरामा प्रशिक्षकले स्पष्ट पार्नुभएको छ । तालिम अवधिमा वास प्लान अद्यावधिक सम्बन्धमा मुख्य प्रशिक्षण खानेपानी तथा ढल ब्यबस्थापन बिभागको ब्यबस्थापन सूचना प्रणालीमा कार्यरत डाटा विश्लेषक निरब बैध ले गर्नु भएको थियो भने लैंगिक उत्तरदायी बजेट तर्जूमा सम्बन्धमा विज्ञ राजु तिरुवाले सहजीकरण गर्नुभएको थियो । तालिममा विषय विज्ञहरु सुस्वा आयोजनाका सुशासन बिज्ञ निराजन श्रेष्ठ र ब्यबस्थापन सूचना प्रणाली सल्लाहकार छ्त्र चौधरी ले पनि आ–आफ्नो विषयमा सहजीकरण गर्नुभएको थियो । त्यसैगरी सुस्वा परियोजनाका अनुगमन, मुल्यांकन तथा समन्वय विज्ञ विमल चन्द्र शर्माले तालिममा वास योजना निर्माण तथा अद्यावधिक गर्ने दुवै विधिहरु सिकाईएकोले सहि सूचना सम्प्रेषण र सहि योजना तर्जूमाका लागि आ–आफ्नो पालिकामा जिम्मेवार किसिमले खट्नुपर्ने र नतिजामूखि काम गर्नुपर्ने सुझाव दिनुभयो ।
