बैशाख ०२,सल्यान ।

जिल्ला प्रहरी कार्यालय सल्यानले चैत्र महिनाको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईले गएको एक महिनामा सम्पादन भएका मुख्य कार्यहरूको विवरण सार्वजनिक गरेका हुन् ।प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चैत्र महिनामा जिल्लामा कुल १५ वटा नयाँ मुद्दा दर्ता भएका छन् । जसमध्ये कर्तव्य ज्यान १, सवारी ज्यान १, बैंकिङ कसूर ३ र लागूऔषध सम्बन्धी १ मुद्दा रहेका छन् । दर्ता भएका र पुराना गरी यस महिनामा १९ वटा मुद्दा फर्स्योट गरिएको प्रहरीले जनाएको छ । विभिन्न अपराधमा संलग्न १५ जनालाई पक्राउ गरिएको छ भने फरार रहेका ३ जनालाई समेत नियन्त्रणमा लिइएको छ ।यस महिनामा प्रहरीले फैसला कार्यान्वयनमा उल्लेख्य सफलता हात पारेको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरी १५ वर्ष १५ दिन कैद र ४ लाख ८३ हजार १२० रुपैयाँ जरिवाना असुल गरिएको छ । यस्तै, ट्राफिक नियम उल्लंघन गर्ने २८६ सवारी साधन कारबाहीबाट २ लाख ६१ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

प्राकृतिक सम्पदाको अवैध दोहन तथा वन पैदावार नियन्त्रण तर्फ पनि प्रहरीले चैत्र महिनामा कडाइ गरेको छ। यस अवधिमा कपुरकोटबाट सेतो शिरिष, कालिमाटीबाट साल र श्रीनगरबाट उतिसको काठ गरी कुल २४७।२४ क्युफिट काठसहित ३ वटा सवारी साधन ९ट्र्याक्टर र ट्रक० नियन्त्रणमा लिई डिभिजन वन कार्यालय पठाइएको छ, जसबाट १ लाख ९७ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ। यसैगरी, जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा बालुवा र गिट्टी उत्खनन एवं ओसारपसार गर्ने २५ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइएको र जसबाट ७३ हजार ९० रुपैयाँ जरिवाना असुल गरिएको छ । विपद व्यवस्थापन तर्फ यस महिना जिल्लाका विभिन्न स्थानमा भएका ८ वटा घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका छन् । आगलागी र चट्याङबाट करिब १२ लाख बराबरको आर्थिक क्षति भएको प्रहरीको तथ्याङ्क छ । यस्तै, अवैध हातहतियार नियन्त्रण अभियान अन्तर्गत त्रिवेणी गाउँपालिकाको रानी सामुदायिक वन क्षेत्रबाट ६ थान वेवारिसे भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीले अपराध न्यूनीकरणका लागि ुसमुदाय–प्रहरी साझेदारीु कार्यक्रम अन्तर्गत जिल्लाभर ७५ वटा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जसमा आत्महत्या, बालविवाह, लागूऔषध र साइबर अपराध जस्ता विषयमा २हजार ८ सय ४६ जना स्थानीयलाई सचेत गराइएको छ । जिल्लाको शान्ति सुरक्षालाई थप मजवुत बनाउन महिनाभर ११ हजार भन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको र ३ हजार ४ सय भन्दा बढी गस्ती टोली खटिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।