२०८३ असोज ४ गते सोमवार | 2026 September 21st Monday
  • हाम्रो बारेमा
  • राजनीति
  • समाज
  • विचार
  • प्रदेश समाचार
    कोशी प्रदेशमधेस प्रदेशबागमती प्रदेशगण्डकी प्रदेशलुम्बिनी प्रदेशकर्णाली प्रदेशसुदुरपश्चिम प्रदेश
  • अपराध
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    सम्पादकीयशिक्षास्वास्थ्यकृषिविज्ञान प्रविधि

सल्यानमा एमालेमा प्रवेश गर्नेको लहर

सप्तरंगी अनलाइन
 सल्यान २६, सल्यान । निर्वाचन नजिकिँदै जाँदा सल्यान जिल्लामा नेकपा एमालेप्रति जनलहर बढ्दै गएको छ। विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गर्नेको क्रम तीव्र बन्दै गएको छ। यसैक्रममा आइतबार जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. २ दानबाङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी ओमप्रकाश बुढा र पार्वती बुढा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।  त्यस्तै, शनिबार कपुरकोट गाउँपालिका वडा नं. २ मै आयोजित अर्को पार्टी प्रवेश कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी तिलक विक र सुनीता चन्द नेकपा एमालेमा प्रवेश गर्नुभएको छ भने यसैबीच २०७९ सालको स्थानीय तह निर्वाचनमा कपुरकोट गाउँपालिका वडा नं. ३ बाट सदस्य पदका उम्मेदवार रहनुभएका मोहनलाल बाठा पनि नेकपा एमालेमा समाहित हुनुभएको छ । उता, त्रीवेणी गाउँपालिका वडा नं. ३ निवासी चन्द्रमुखी वलीले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।
उहाँ एमालेमा फर्किनु एमालेप्रतिको बढ्दो जनविश्वासको प्रमाण भएको स्थानीय नेताहरूले बताएका छन्। त्यसैगरी नेपाली कांग्रेसका क्रियाशील सदस्य त्रीवेणी गाउँपालिका वडा नं. ६ निवासी समिर गिरीले पनि नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। शुक्रबार एमाले पार्टी कार्यालय लुहाममा आयोजित कार्यक्रममा एमाले सल्यानका नेताहरूले उहाँलाई स्वागत गर्नुभएको हो । निर्वाचन नजिकिँदै जाँदा विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गर्ने क्रम बढ्दै गएको र सल्यानमा नेकपा एमालेको जित सुनिश्चिततर्फ अघि बढेको नेताहरूले दाबी गरेका छन ।
Post Views: 94
प्रकाशित मिति : २०८२ माघ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
दाङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने चार ट्रयाक्टर नियन्त्रणमा
प्रधानमन्त्री शाहद्वारा बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षण
ताजा अपडेट
१
प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
२
दाङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने चार ट्रयाक्टर नियन्त्रणमा
३
प्रधानमन्त्री शाहद्वारा बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षण
४
कर्मचारीको अस्वाभाविक मृत्यु प्रकरणमा सरकारी कर्मचारी अनुसन्धानको दायरामा
५
अनुमति बिना ड्रोन उडाए कानुनी कारबाही हुने
  • सल्यान मिडिया हाउस प्रालि
  • कपुरकोट गाउँपालिका ०३ , सल्यान
  • +९७७-९८६८३१२३८५
  • saptarangionline@gmail.com
  • सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४५२/०७७-७८

संचालक : चुडामणि पुन

सम्पादक : तारा कुमारी वि.क

सह–सम्पादक : नोखिराम थापा (क्षितिज)

समाचार बिभाग प्रमुख : प्रकाश भण्डारी

समाचार दाता/व्यबस्थापक : जिवन खड्का

समाचार दाता : भावना बि.क

विज्ञापनको लागि: ९८४७८८५९५३

copyright © saptarangionline.com, All Rights Reserved.

Powered By : TopLine Technology