सल्यान, १९ माघ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) सल्यानले जिल्लामा चुनावी अभियानलाई तीव्र बनाएको छ। सोही क्रममा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. १ र २ का विभिन्न बस्तीहरूमा उम्मेदवार गुलाबजंग शाहले भेटघाट र प्रत्यक्ष संवाद गर्नुभएको छ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष समेत रहेका नेता शाहले सोमबार त्रिवेणी गाउँपालिका वडा नं १ अन्तर्गतका गोगने, घोडामारे, रिखेबजार र वडा नं २ को ज्यामिरे तथा काभ्रा रामबजार क्षेत्रमा पनि चुनावी भेटघाट र प्रत्यक्ष संवाद गर्नुभएको हो ।

भेटघाटका क्रममा स्थानीयवासीहरूले आफुले भोग्दै आएका समस्या, गुनासा र विकाससम्बन्धी सल्लाह सुझाव खुलस्त रूपमा राखेका छन भने जनगुनासो ध्यानपूर्वक सुन्दै उम्मेदवार शाहले नागरिकको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर अघि बढ्ने स्पष्ट पार्नुभयो।

“जनताको विश्वास नै मेरो मुख्य शक्ति हो,” उहाँले भन्नुभयो “जिम्मेवार राजनीति, विकास र सुशासनप्रति एमाले प्रतिबद्ध रहको छ।”

स्थायित्व र समृद्धिका लागि एमालेको जित अपरिहार्य

भेटघाट कार्यक्रममा बोल्दै नेता शाहले विगतमा नेकपा (एमाले) ले सुशासन, विकास र राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्दै आएको स्मरण गराउँदै देशको स्थायित्व र समृद्धिका लागि आसन्न निर्वाचनमा नेकपा एमालेको जित अपरिहार्य भएको बताउनुभयो।

जनताको साथ र विश्वासकै आधारमा बिगतमा पनि नेकपा एमाले बलियो बनेको बताउदै उहाँले आसन्न निर्वाचन पनि एमालेमय हुने बताउनुभयो ।

सो अवसरमा आफ्नो विकासको अवधारणा, योजना र संकल्प स्थानीय नागरिकमाझ प्रस्तुत गर्दै उहाँले जनताको समस्या, आवश्यकता र अपेक्षाबारे पनि मसिनो ढंगले जानकारी लिनुभयो ।

सूर्य चिन्हमा मतदान गर्ने प्रतिबद्धता

भेटघाट र संवादका क्रममा स्थानीयवासीहरूले विकास, सुशासन र देशको हितका लागि सूर्य चिन्हमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीयवासीहरूको सक्रिय सहभागिता, चासो र सुझावले त्रिवेणीमा एमालेप्रति विश्वास र अपेक्षा झनै बलियो बन्दै गएको र आगामी फागुन २१ गते हुने निर्वाचनमा त्रिवेणी गाउँपालिका बाट नेकपा एमालेका उम्मेदवार गुलाबजंग शाहलाई सूर्य चिन्हमा मतदान हुने पालिका कमिटी अध्यक्ष डिल्ली खड्काले बताएकाछन ।

उक्त चुनावी अभियानमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य क. भिउसेन नेपाली, जिकस शालिकराम थापा, पालिका कमिटी अध्यक्ष डिल्लिराज खड्का, उपाध्यक्ष हस्तबहादुर रामजा, सचिव तेजबहादुर घर्ती, वडा कमिटी अध्यक्ष लिले घर्ती, सचिव धनबहादुर घर्ती, युवा संघ त्रिवेणी संयोजक सुरेश नेपालीलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।