सल्यान मंसिर २५ गते ।
हाम्रो पार्टी नेपालले दाङमा बृहत आमसभा गर्ने भएको छ। हालै मात्र निर्वाचन आयोगमा दल दर्ता गरी औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेको हाम्रो पार्टी नेपालले आउँदो पुष १५ गते, मंगलवार दाङको घोराहीमा आमसभा आयोजना गर्ने पार्टीका उपसभापति केशव परियारले जानकारी दिनुभयो ।
राष्ट्रियता, लोकतन्त्र र आत्मसम्मानको नारा लिएर अगाडि बढिरहेको पार्टीले देशभर जनजागरण अभियानलाई तीव्र पारिरहेको छ । सोही अभियानअन्तर्गत दाङमा आयोजना हुने आमसभाले व्यापक सन्देश दिने उपसभापति परियारको भनाइ छ ।
उहाँका अनुसार आगामी आमसभालाई सम्बोधन गर्न पार्टीका सभापति खगेन्द्र सुनार विशेष रूपमा घोराही आउँदै हुनुहुन्छ । कार्यक्रममा दाङ जिल्लाका विभिन्न स्थानबाट हजारौँ कार्यकर्ता, नेता तथा समर्थकहरू सहभागी हुने बताइएको छ ।
आमसभाले संगठन विस्तार, आगामी निर्वाचनको तयारी, राजनीतिक दिशा–निर्देशन र जनस्तरसँगको प्रत्यक्ष संवादलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको उपसभापति परियारको भनाई छ ।।
