सल्यान १४, भदौ ।
प्रेस चौतारी नेपाल सल्यान शाखाको दोस्रो पूर्ण वैठक सम्पन्न भएको छ । शनिबार, नेकपा एमाले सल्यानको पार्टी कार्यालय हलमा संगठनका जिल्ला अध्यक्ष भुम प्रकाश भण्डारीको अध्यक्षता र संगठनका केन्द्रिय सदस्य तथा सल्यान इन्चार्ज ओम प्रकाश आचार्यको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । नयाँ सदस्यता विस्तार र संगठनको बार्षिक कार्ययोजना निमार्ण गर्ने लगायत विविध बिषयमा निर्णय गर्दै बैठक सम्पन्न भएको संगठनका जिल्ला सचीव चुडामणी पुनले बताए ।
नेकपा एमाले सल्यानका उपसचिव तथा प्रचार विभाग प्रमुख गणेशमान सिंह प्रमुख वक्ता रहेको बैठकमा, संगठनका केन्द्रिय महाधिवेशन प्रतिनिधि शंकर केसी, प्रदेश सचीव झक्कु प्रसाद शर्मा, प्रदेश सदस्य नोखिराम थापा लगायतको आतिथ्यता रहेको थियो । बैठकमा जिल्ला इन्चार्ज आचार्यलाई स्वागत तथा सम्मान पनि गरिएको थियो ।
