साउन २२, सल्यान ।
सल्यानमा सडिगलेको लास फेला परेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं १ अम्रा स्थित भेरी नदीको किनारमा बिहान ९ बजेको समयमा व्यवारीसे अवस्थामा सडिगलेको पहिचान गर्न नसकिने अवस्थामा रहेको पुरुष व्यक्तीको लास फेला परेको प्रहरीले जनाएको छ । नदी किनारमा क्षेतविक्षत अवस्थामा रहेका लास स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त स्थलमा इ.प्र.का.देवस्थल सल्यान बाट प्र.ना.नि.धन ब.नेपालीको कमान्डमा ४ जनाको प्रहरी टोलि गई अन्य अनुसन्धान भई रहेको छ ।
