२०८३ असार २ गते बुधवार | 2026 June 17th Wednesday
  • हाम्रो बारेमा
  • राजनीति
  • समाज
  • विचार
  • प्रदेश समाचार
    कोशी प्रदेशमधेस प्रदेशबागमती प्रदेशगण्डकी प्रदेशलुम्बिनी प्रदेशकर्णाली प्रदेशसुदुरपश्चिम प्रदेश
  • अपराध
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    सम्पादकीयशिक्षास्वास्थ्यकृषिविज्ञान प्रविधि

शिक्षकलाई विद्यालय सुरक्षा र विपद व्यवस्थापनमा सीप विकास तालिम

संगम बिहानी
सल्यान, १४ श्रावण  ।
सल्यानमा विद्यालय सुरक्षा सुदृढीकरणको उद्देश्यले आयोजित वृहत विद्यालय सुरक्षा न्यूनतम मापदण्ड सम्बन्धी पाँच दिने तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा कर्णाली र सुदूरपश्चिम प्रदेशका १९ जना शिक्षकको सक्रिय सहभागिता रहेको थियो। तालिममा त्रिवेणी गाउँपालिकामा SESP कार्यक्रम लागू भएका १५ विद्यालयका सम्पर्क शिक्षक १५ जना र बाजुरा जिल्लाका २ विद्यालयबाट ४ जना शिक्षक, गरी जम्मा १९ जना सहभागी रहेका थिए। उनीहरूलाई विद्यालयमा विपद् व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण, हरेक विद्यालयको अवधारणा, र आपतकालीन कार्ययोजना निर्माण लगायतका विषयमा व्यवहारिक सीप प्रदान गरिएको थियो। तालिमका बारेमा जानकारी दिँदै शिक्षा अधिकृत श्री सर्वराज विक ले भने, “यस तालिमको मुख्य उद्देश्य शिक्षकहरूलाई विद्यालयको प्रकोप जोखिम, संकटासन्नता र क्षमताको लेखाजोखा गरी व्यवहारिक कार्ययोजना निर्माण गर्न सक्षम बनाउनु हो।”
तालिमको उद्घाटन कार्यक्रम त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष श्री सिता खड्का पुनको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा पालिका प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष श्री छबिराज शर्मा, शिक्षा अधिकृत श्री गणेश प्रसाद आचार्य, युनिसेफ कर्णाली प्रदेशका शिक्षा अधिकृत श्री फर्सुराम पन्त, र समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यक्रम संयोजक श्री तेज सोनामको उपस्थिति रहेको थियो। तालिमको दोस्रो दिन युनिसेफ नेपाल, काठमाडौं कार्यालयबाट आएका श्री डोरबहादुर योगीले “हरेक विद्यालय र सिकाइ निरन्तरता कार्ययोजना” विषयमा थप सहजीकरण गर्नुभएको थियो। समग्र तालिमको सहजीकरण श्री दानबहादुर कठायतले गर्नुभएको हो। उहाँले सहभागी शिक्षकहरूलाई विद्यालयको जोखिम विश्लेषण, संकटापन्नता मूल्याङ्कन तथा कृतिम अभ्यास सञ्चालनको तरिका सिकाउनुभएको थियो।
तालिमको दौरानमा कर्णाली प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री तथा माननीय सांसद श्री सुरेश अधिकारी र जिल्ला समन्वय समिति सल्यानका प्रमुख श्री बेलाराम रावलले तालिम स्थलमा अनुगमन भ्रमण गर्दै तालिमको गुणस्तर र प्रभावकारिताको प्रशंसा गर्नुभएको थियो। तालिमको समापन त्रिवेणी गाउँपालिकाका अध्यक्ष श्री खिमबहादुर रावतज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष रावतले समापन मन्तव्यमा भन्नुभयो,“शिक्षकहरू विद्यालय सुरक्षा प्रणालीको मेरुदण्ड हुन्। यस्ता तालिमबाट प्राप्त ज्ञान र सीप विद्यालयमा व्यवहारमा लागू गर्न अत्यन्त आवश्यक छ।”समापन कार्यक्रममा सहभागीकातर्फबाट बोल्दै बाजुराको मष्टेश्वरी माध्यमिक विद्यालयका शिक्षक श्री बिन्दु पाण्डेयले तालिम अत्यन्त प्रभावकारी भएको बताउँदै सहभागीहरूले वृहत विद्यालय सुरक्षा सम्बन्धी बहुपक्षीय ज्ञान र सीप सिक्न पाएकोमा खुसी व्यक्त गर्नुभयो।
Post Views: 209
प्रकाशित मिति : २०८२ साउन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
कालिमाटीमा मेलमिलापकर्ता तालिम सुरु, स्थानीय न्याय प्रणाली सुदृढ हुने अपेक्षा
सल्यान पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणाको अन्तिम चरणमा
एक तहमा चुनाव हारे तत्काल उम्मेदवार बन्न रोक
ताजा अपडेट
१
कालिमाटीमा मेलमिलापकर्ता तालिम सुरु, स्थानीय न्याय प्रणाली सुदृढ हुने अपेक्षा
२
सल्यान पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणाको अन्तिम चरणमा
३
एक तहमा चुनाव हारे तत्काल उम्मेदवार बन्न रोक
४
रास्वपा रुकुम पश्चिमको प्रथम अधिवेशन आज
५
जाजरकोटमा पन्ध्र सय हेक्टरभन्दा बढी जमिन अतिक्रमण
  • सल्यान मिडिया हाउस प्रालि
  • कपुरकोट गाउँपालिका ०३ , सल्यान
  • +९७७-९८६८३१२३८५
  • saptarangionline@gmail.com
  • सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४५२/०७७-७८

संचालक : चुडामणि पुन

सम्पादक : तारा कुमारी वि.क

सह–सम्पादक : नोखिराम थापा (क्षितिज)

समाचार बिभाग प्रमुख : प्रकाश भण्डारी

समाचार दाता/व्यबस्थापक : जिवन खड्का

समाचार दाता : भावना बि.क

विज्ञापनको लागि: ९८४७८८५९५३

copyright © saptarangionline.com, All Rights Reserved.

Powered By : TopLine Technology