सल्यान, २७ जेष्ठ ।
सल्यानमा सामुदायिक वनले उपभोक्ता लाई सोमबार एक कार्यक्रमका बिच बाख्रा वितरण गरेको छ । जिल्लाको शारदा नगरपालिका वडानं.९ मा रहेको नयाँबस्ती सामुदायिक वनले आफ्ना २४ घरधुरी उपभोक्ताहरुलाई उन्नत जातका बाख्रा वितरण गरेको हो ।
सामुदायिक बनको आयस्रोत बाट,उपभोक्ताहरुको आयआर्जनमा वृद्धि गर्नको लागि ५ लाख बराबरको बाख्रा वितरण गरिएको नयाँ वस्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर थापाले बताउँनु भयो । उहाँले सामुदायिक वनका उपभोक्ताहरुको आर्थिक अवस्थालाई वृद्धि गर्नको लागी बाख्रा वितरण गरिएको जानकारी दिनु भयो । बाख्रा पालन गर्ने रहर हुँदाहुँदै पनि आर्थिक अभावका कारण किन्न नसकेको र समूहले बाख्रा उपलब्ध गराए पछि आफुहरुमा खुसी भएको सहभागी उपभोक्ताहरुले बताएका छन् ।
