जेठ १२, काठमाडौं
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८१-८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान गरेको छ । कार्यालयले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१र८२ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन जीडीपी को विवरणअनुसार बागमतीमा सबैभन्दा धेरै र मधेशमा सबैभन्दा कम हुने सम्भावना देखिएको हो ।
चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यूएस डलरमा बागमती प्रदेशको २६०२, गण्डकी प्रदेशको १६१९, कोशी प्रदेशको १४०१, लुम्बिनी प्रदेशको १२०१, सुदूरपश्चिम प्रदेशको ११५३, कर्णाली प्रदेशको १०८९ र मधेश प्रदेशको ९३२ हुने प्रारम्भिक अनुमान गरिएको छ । चालू आर्थिक वर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यूएस डलरमा १४९६ हुने प्रारम्भिक अनुमान गरिएको छ ।
यस हिसाबले बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औषतभन्दा कम रहेको देखिन्छ । प्रादेशिक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनसम्बन्धी विस्तृत विवरण चित्र ३ मा प्रस्तुत गरिएको छ ।
