सल्यान, ०१ जेठ ।
सल्यानमा घर ढलान गर्ने क्रममा छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान जिल्लाको शारदा नगरपालिका–२ भगवती खोला बस्ने बर्ष ४५ रिमबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ ।
श्रीनगर निवासी जितबहादुर भण्डारीको घरमा ढलान गर्ने क्रममा बस्नेत तेस्रो तला माथिबाट खसेर बुधबार राति करिब १०ः४५ बजे तिर गम्भीर घाइते भएका थिए । उनी छतबाट खस्दा टाउकोमा गहिरो चोट लागेको थियो । घाईते बस्नेतको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव जिल्ला अस्पताल सल्यानम पोष्टमार्टम पछि दाहासस्कार गरिएको छ ।
